नेकपा एमाले भरतपुर महानगर कमिटिको सदस्य पदमा शम्भभु ण्डारी उम्मेद्वारी हुने!!
राजनितिक यात्रामा बिगत १६ बर्षदेखि अनेरास्ववियु र पछि राष्ट्रिय युवा संघ नेपालमा आबद्ध रहि काम गरेका ,२०६२ सालमा श्री आदिकबी भानुभक्त माविको प्राक कमिटीको सदस्यदेखि २०६५ सालमा नेपाल पोलिटेक्निक ईन्स्टिच्युटको क्याम्पस कमिटीको उपाध्यक्ष रहेर र हाल राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला कमिटी सदस्य रहेर आफुले पाएको जिम्मेवारी कुशलता पुर्बक निर्वाह गरिरहेका छन् ।
पार्टीको हरेक कठिन परिस्थितीमा एक रत्ती पनि नडग्मगाई सकेको सहयोग गर्दै आएको ,भरतपुर महानगरपालिका ११ नं वडामा २०६४ सालदेखि सबै निर्वाचनमा अग्रसर भइ पार्टी र नेतृत्वलाई सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि उचित जिम्मेवारी पाउंदा वा नपांउदा पनि पार्टीलाई अझं बढी सहयोग गर्ने द नारायणी पोस्ट का सम्पादकलाइ उल्लेख गर्नु भयो ।
युवालाई राजनितीक स्वार्थमा मात्र प्रयोग नगरियोस उचित मुल्यांकन गरेर उचित अबसर पनि दिनलाई पार्टी संग आग्रह गर्नु भयो ।
तसर्थ यहि कार्तिक १३ गते हुने नगर अधिबेशनमा भरतपुर महानगर कमिटि सदस्य पदमा भण्डारीले आफ्नो उम्मेद्वारी हुने र बिजय पनि हुने घोषणा गर्नु भयो ।।
