चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालले चितवनमा गरेको राष्ट्रिय महाधिवेशन आफ्नो जितको सुरुवात रहेको बताउनुभयो । आज भरतपुर बिमानस्थलमा पत्रकार सग कुराकानी गर्दै उहाँले नेकपा एमालेले आफुलाई धेरै महत्व दिएको भन्दै बुटवल गर्ने महाधिवेशन प्रचण्डमाथि केन्द्रित गरेर चितवनमा गर्नु आँफैमा फाइदाजनक रहेको बताउनुभयो ।
उहाँले एमालेले चितवनमा महाधिवेशन गर्नु आफ्नो लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले यस महाधिवेशनले आफूलाई चुनाव जित्न सघाउने भन्दै पहिलेको सरकारले तनाव दिएपनि अहिलर आफूलाई केही तनाव नभएको बताउनुभयो ।उहाँले अब आउने निर्वाचन आफ्नो लागि अन्तिम हुन सक्ने बताउदै अाफु चितवन जिल्ला नछोडि चितवन वाटै चुनाव लड्ने बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको जानकारी दिनुभयो । उहाँले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको बताउनुभयो ।
