• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर महानगरबाट २३९ जना विद्यार्थीले पाए ११ र १२ का लागि पुर्णरुपमा छात्रवृत्ति


  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले महानगर भित्रका २३९ जना विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पुर्ण रुपमा छात्रवृत्ति प्रदान गरेको छ । ११ मा छात्रवृत्ति पाएका २३९ जनाले १२ मा पनि त्यो छात्रवृत्ति निरन्तर पाउने छन् ।

    Advertisement

    महानगर भित्रका २८ वटा निजी तथा सामुदायीक बिद्यालयमा ११ र १२ को निशुल्क पढ्न पाउने गरी महानगरले छात्रवृत्ति प्रदान गरेको हो । अरोमा स्कुल भतपुरले सबै भन्दा बढि ४५ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

    भरतपुर महानगर शैक्षिक प्रशासन महासाखाले महानगरमा एक कार्यक्रमको आयोजना गरी महानगर प्रमुख रेनु दाहालको हातबाट छात्रवृत्ति पाउन सफल बिद्यार्थी र कलेजलाई सिफारिस पत्र प्रदान गरेको छ ।

    जेहन्दार बिद्यार्थी को रुपमा १०८ जना, गरिव तथा बिपन्न ८५ जना, आदिवासी जनजातिमा २४ जना, दलितमा १२, अपांगता भएका २ जना, जनआन्दोलन घाईतेका सन्तती ६ जना, शहिद परिवारबाट १ जना, मधेश आन्दोलन घाईतेका सन्तती १ जना गरेर २३९ जनालाई महानगरले पुर्ण रुपमा पारदर्शी तवरले तेरो मेरो नभनी छात्रवृत्ति प्रदान गरेका महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।

    नगरवासीको हितमा रात दिन नभनी खटिएका छौ : नगर प्रमुख दाहाल

    सिफारिस पत्र प्रदान गर्दै महानगर प्रमुख दाहालले महानगरको शैक्षिक विकासमा भरतपुर महानगर निकै लागेको र महानगरले महानगरका २८ विद्यालय संग समन्वय गरि २३९ बिद्यार्थीलाई निशुल्क रुपमा कक्षा ११ र १२ सम्म पढाउन सफल भएको बताईन् ।

    ८० प्रतिशत भन्दा कम हाजिर भएको अवस्थामा, उच्च ग्रेड हासिल नगरेको र बाल विवाह गरेको हकमा बाहेक ११ को छात्रवृत्ति १२ मा पनि निरन्तर प्रदान हुने भरतपुर महानगर प्रमुख दाहालको भनाई छ ।

    महानगरले महानगर क्षेत्रको चौतर्फी विकासका लागि आफुहरुले अहोरात्र काम गरेको र यस अघि पनि सरकारी बिद्यालयको शिक्षाको स्तर विकास संगै बिद्यार्थीको आकर्षण बढाउन स्कुल बस वितरण देखि भौतिक संरचना विस्तार र सुधारमा धेरै कामहरु ग्रिसकेको बताईन् ।

    अवको छोटो समयमा पनि आफुहरुले महानगरवासीको धेरै भन्दा धेरै हितका लागि निरन्तर रातदिन नभनि लागिरहने प्रतिवद्धता जनाईन् ।

    शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार बिकास सबै क्षेत्रमा महानगरले अनवरत रुपमा सार्थक कामहरु गरेर परिणाम दिएको उनको भनाई छ ।

    देशकै भविष्य बनाउने गरि पढ्नुस  ः उपमेयर ठकुरी  

    कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वति शाह ठकुरीले प्रमुख र उप प्रमुखले आफ्नो स्वार्थमा रहेर विद्यार्थी छनोटमा कहिल्यै शैक्षिक प्रशासन महासाखालाई दावाव नदिएको बताईन् ।

    स्वतन्त्र पुर्वक विद्यार्थी छनौट भएको र  छनौटमा परेका सबै बालबालिका आफुहरुकै भएको उनको भनाई छ ।

    आफनो र परिवारको लागि मात्रै नभै देशकै भबिष्य बनाउनका लागि राम्रो संग उच्च शिक्षा अध्ययन गर्न उनले बिद्यार्थीलाई आग्रह गरिन ।

    कसले कति बिद्यार्थी पढाउछन् 

    एपेक्स ले १३ जना, लिटिल फलावरले ४ जना, प्रेसीडेन्सी कलेजले २ जना, शहिद स्मारक कलेजले ९ जना, सप्तगण्डकी कलेजले ११ जना, स्टेप बाई स्टेपले ४ जना, चितवन इङ्लिस बोडिङले २ जना बिद्यार्थी लाई छात्रवृत्ति दिएका छन् । त्यस्तै बालकुमारी कलेजले १२ जना, अर्किड स्कुलले २० जना, ईडन गाडेनले १० जना, अर्बिट युनिटले ४ जना, गुरुकुल कलेजले ६ जना, अंकुरम एकेडमीले १०, जना र अरोमा स्कुलले ४५ जना, लाई छात्रवृत्ति दिएका छन् ।

    एसओएसले ५ जना, ग्रिन लेण्डले ३ जना, नारायणी पब्लिकले १४ जना, शान्ति बिद्यालयले २, होलि भिजनले १, प्रेरणाले १०, बाल्मिकिले २६, सनराईजले ७, नारायणी बिद्या मन्दिरले १, पारिजात स्कुलले १, पिस जोनले १, मिलि जुलि स्कुलले १, उसा बोर्डिङले ४, मैयादेबी कलेजले ११ लाई छात्रवृत्ति प्रदान गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत शिव ढुङ्गानाले बताए ।

    बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा
    जहाजमाथि आक्रमण भएपछि थाइल्याण्डले इरानका राजदूतसँग माग्यो स्पष्टीकरण
    कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार
    क्यालिफोर्नियामा इरानको आक्रमण हुनसक्ने एफबीआईको चेतावनी
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बुद्ध एयरले गर्यो एटिआर ७२-५०० विमानको बिदाई

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.