इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक २५ गते बिहिबार देखि ‘डान्स च्याम्पियन’ शुरु हुने भएको छ ।
नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो ‘डान्स च्याम्पियन’ नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको हो । साथै युटुबमा OSR Digital बाट प्रसारण हुनेछ ।
उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्दै छ । नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र OSR Digital ले नियमित प्रसारण गर्नेे छ ।
उक्तमेगा–शो प्रत्येक बिहिबार र शुक्रबार,हप्ताको २ दिन, बेलुकी९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने छ । ‘डान्स च्याम्पियन’ का निर्णायकहरुमानायिकानिरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्माविश्वकर्मा रहनु भएको छ ।
डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । उक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।
