आज बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफा देखि आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ । पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
अहिले बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । नेपालमा यति बेला कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको विभागले जनाएको छ ।
