• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी, एकिकृत समाजबादीका पाण्डे मुख्यमन्त्री बन्दै


  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
  • बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति हुने र आजै सपथ ग्रहणको कार्यक्रम रहेको नेताहरुले जानकारी दिनुभएको छ ।

    Advertisement

    अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले हिजोको प्रदेश सभाको बैठकमा राजिनामा घोषणासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिनुभएको थियो ।

    मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्न पेश गर्नुभएको प्रस्तावमाथि दस्तखतसहितको मत विभाजनबाट प्रक्रिया अगाडि बढाउने कार्यतालिका रहेकोमा त्यसको सामना नगरी दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले दिउँसो ३ बजेसम्म दलहरुलाई सरकार गठनका लागि दावी पेस गर्न हिजो साँझ नै आव्हान गर्नुभएको थियो ।

    प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाका सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न आव्हान गर्नुभएको छ ।

    प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आव्हान भए लगत्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दावी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्नुभएको थियो ।

    गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नुभएको छ ।

    हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । बहुमतसहित अर्का प्रदेश सभा सदस्यको दावी नभएमा प्रदेश प्रमुखले पाण्डेलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त र सपथ गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

    यसैबीच गठबन्धनका प्रस्तावित पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार चार सदस्यीय मन्त्रिमण्डल बन्नेभएको छ । पाण्डेले गठबन्धनमा रहेका दलहरुको सहभागितामा मन्त्रिमण्डल बन्ने जानकारी दिनुभएको छ । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित गठबन्धनमा रहेका दलहरुको उपनेताहरु रहेको मन्त्रिमण्डल बन्ने छ ।

    मन्त्रिमण्डलका नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान, नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (एकीकृत समाजवादी) कृष्णप्रसाद खनाल शर्मा सहभागी हुनु हुनेछ । खनाल यसअघि शाक्य नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बनेको एक सातामा नै एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी रोज्दै मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

    माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय वा स्वास्थ्य मन्त्रालय र एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ ।

    पाण्डेले तिहारपछि मन्त्रिमण्डल विस्तार हुने र गठबन्धनको सरकार भएकाले आवश्यकता अनुसार मन्त्रालय विभाजन गरी भागबण्डा गरिने बताउनुभयो । उहाँले मन्त्रिमण्डल विस्तारपछि विश्वासको मत लिने, सरकारको नीति तथा कार्यक्रम ल्याउने र तत्काल गर्नुपर्ने साझा कार्यक्रमहरु ल्याइने योजना रहेको सुनाउनुभयो ।

    मुख्यमन्त्री शाक्यको राजीनामालाई कसरी लिनुभएको छ भन्ने प्रशनमा उहाँले गत भदौ २८ गते अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले ढिला गरी राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।

    उता गठबन्धनमा रहेको नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मतदानको प्रक्रियामा नगएर मुख्यमन्त्री शाक्यको राजीनामा आउनुलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै लामो राजनीतिक इतिहास भएको नेताले राजीनामा दिएर सहमतिको राजनीति र संस्कारको विकास गर्न खोजेको बताउनुभयो ।

    प्रदेश सभामा प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.