काठमाडौं। कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखले कार्यालयले आज मंगलबार विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आव्हान गरेको हो।
बहुमत नआएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो राती लिखित राजीनामा दिएका थिए। शाहीको राजीनामा स्वीकृत भएकाले नयाँ मुख्यमन्त्रीका लागि आवहान गरिएको हो।
शाही संविधानको धारा १६८ को उपधारा ९२०बमोजिम मिति ०७४ फागुन ३ गते मा मुख्यमन्त्री पदका लागि नियुक्त हुनु भएको थियो।
