• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बिजुलीको महशुल दर सस्तो बनाउनुपर्छ


  •   शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित
  • हामी ऊर्जा स्रोतका हिसाबले सम्पन्न देश, जल स्रोतको धनी देश पनि भन्छौं । नेपालमा ११० वर्ष पहिला जलविद्युत उत्पादन सुरु भएको हो । त्यही हिसाबले विकास हुँदै गएको भए यतिबेला देश अर्कै भइसकेको हुन्थ्यो । विकासको महत्वपूर्ण पूर्वाधार हो ऊर्जा । तर, यसको विकास राम्रोसँग गर्न सकेनौं र लोडसेडिङको मार खेप्दै उज्यालो पाउँदा उत्सव मनाउने स्थितिमा पुग्यौं ।

    Advertisement

    अहिले क्रमशः जलविद्युत उत्पादनको क्षेत्रमा राज्य र निजी क्षेत्र दुवैबाट गर्दा करिब करिब हामीलाई चाहिने प्रयोग गर्न सकेका छौं । त्यसैले आत्मनिर्भर हुने ठाउँमा पुगेका छौं । तर, विद्युत विस्तारको काम भने सम्पन्न भइसकेको छैन । २ वर्षभित्र सबै नेपालीको घरमा विद्युत लाइन जोड्ने योजना छ ।

    हाम्रो भौगोलिक विशिष्टता, विविधता र जटिलताका विशेषताहरु छन् । उद्योग, यातायात, कृषि र सिँचाइ क्षेत्रलगायत सबैतिर मुख्य ऊर्जाको रुपमा जल विद्युतलाई अघि बढाउन चाहान्छौं । मैले ऊर्जा मन्त्रालयको जिम्मेवारी लिएपछि २ वटा कुरालाई केन्द्रमा राखेको थिएँ । मेरो अनुमानमा १८ प्रतिशतभन्दा बढी जनसंख्यामा कोभिडको संकटले बेरोजगारी र गरिबी बढेको हुनुपर्छ । त्यसैले गरिबीको रेखामुनि रहेका जनताले ऊर्जाको क्षेत्रबाट केही न केही सुविधा पाउनुपर्छ भनेरै हामीले २० युनिटलाई निःशुल्क गरेका हौं ।

    यसले ठूला सहरमा बस्नेलाई कुनै अर्थ राख्दैन । तर, दुरदराजका गाउँमा बस्ने जनता, गरिबीको रेखामुनि रहेकालाई यसले एउटा खुशी दिन्छ भन्नेमा म ढुक्क छु । किनकि २० युनिटभन्दा कम बिजुली बाल्ने झण्डै २६ लाख घरपरिवार हुनुहुन्छ । जसको विद्युतमा पहुँच छ । उहाँहरुले केही न केही राहात पाउनुहुन्छ भन्ने मैले आशा लिएको छु ।

    किनकी हामीले लामो प्रक्रियाको राजनीति परिवर्तनको आन्दोलनलाई सम्पन्न गरेका छौं । संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान र समावेशिता सहितको हाम्रो आफ्नो मौलिक विषेशताको नयाँ संविधान जारी गरेका छौं । अब त्यसको कार्यान्वयन गर्दा हाम्रो पहिलो लक्ष्य गरिबीलाई नियन्त्रण गर्ने हो ।

    गरिबीको रेखामुनि रहेका जनताले ऊर्जाको क्षेत्रबाट केही न केही सुविधा पाउनुपर्छ भनेरै हामीले २० युनिटलाई निःशुल्क गरेका हौं । यसले ठूला सहरमा बस्नेलाई कुनै अर्थ राख्दैन । तर, दुरदराजका गाउँमा बस्ने जनता, गरिबीको रेखामुनि रहेकालाई यसले एउटा खुशी दिन्छ भन्नेमा म ढुक्क छु । किनकि २० युनिटभन्दा कम बिजुली बाल्ने झण्डै २६ लाख घरपरिवार हुनुहुन्छ । जसको विद्युतमा पहुँच छ । उहाँहरुले केही न केही राहात पाउनुहुन्छ भन्ने मैले आशा लिएको छु ।

    गरिबीको रेखामुनि रहेका जनतालाई गरिबी मुक्त बनाउने कुरा पहिलो प्राथमिकतामा राख्नैपर्छ । त्यसमा सरकार, सम्बद्ध निकाय र राज्यको सरोकार राख्ने सार्वजनिक क्षेत्रका सबैले त्यो कुरामा जोड दिनैपर्छ । समुन्नत सामाजिक न्यायमा आधारित, वैज्ञानिक समाजवादद्धारा तयार पारिएको संविधान हामीले संविधानले निर्दिष्ट गरेका छौं । त्यसैले गरिबी मुक्त नबनाइ सम्भव छैन ।

    मैले मन्त्री भएपछि गरिबीको रेखामुनि रहेका जनतालाई लक्षित गरेर २० युनिटसम्म बिजुली छुट दिनु महत्वपूर्ण काम हो । यसमा सहमत÷असहमत हुन सकिन्छ । यदि सरकारले धान्ने हो भने अझ फरक ढंगले गर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणले मात्रै दिन सक्ने २० युनिटको निर्णय मंसिर १ गतेबाट लागु हुँदै छ । म खुशी छु यसमा र सरकार पनि । तर, ऊर्जाको सबै क्षेत्रमा जलविद्युत प्रयोग होस् भन्ने कुरामा मन्त्रालय सचेत ढंगले लागि रहेको छ । हाम्रै देशमा उत्पादित विद्युतको पनि महाशुल अलि महंगो छ ।

    अर्थशास्त्रको सिद्धान्तमा जस्ले बढी वस्तुको खपत तथा उत्पादन गर्छ त्यसको लागत कम हुन्छ । तर, हामी संकटबाट गुज्रिएको भएर होला जसले बढी खपत गर्छ उसले बढी तिर्ने विद्युत प्राधिकरणको नियम छ । यसलाई हामीले थोरै भए पनि परिवर्तन गरेका छौं । अझ केही वर्षपछि बिजुलीको महशुल दर सस्तो बनाउनुपर्छ, त्यो सम्भव छ । अहिले हामीले थोरै घटाएका छौं ।

    भान्साबाट एलपी ग्यासलाई विस्थापित गरौं भन्ने मेरो उद्धेश्य हो । नेपालमा ४० अर्ब रुपैयाँ भन्दा बढीको एलपी ग्यास आयात भइरहेको छ । डलर साटेर भारु लगेर भारतीय निगमलाई पैसा तिर्छौं । त्यसलाई मात्रै कम गर्न सक्दा पनि एकातिर हाम्रो जल विद्युतको खपत हुने र त्यसमा उपभोक्ताले तिर्ने पैसा देशभित्रै रहन्छ । असन्तुलित व्यापार घाटा भइरहेको छ, त्यसलाई हामीले सकरात्मक ढंगले समाधान गर्न सक्छौं भन्ने उद्देश्यले यो गरिएको हो ।

    अर्कोतर्फ सिँचाइमा पनि हो । हाम्रो देश कृषिप्रधान हो, अहिले पनि कुल ग्राहस्थ्य उत्पादनमा यसैले महत्वपुर्ण योगदान दिन्छ । खेतबारी एकातिर बाँझो हुन्छ भने, अर्कोतिर पानी त्यसै खेर जान्छ, जनशक्ति पनि पलायन हुने र वर्षको २ खर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल तथा तरकारी आयात हुन्छ । यो तथ्याङ्क हेर्दा नराम्रो देखिन्छ, त्यसैले जहाँ जमिन, त्यहाँ सिँचाइ ।

    खेतीयोग्य जमिन जहाँ छ त्यहाँ सिँचाइ पुर्याँउदा न्यूनतम दोब्बर उत्पादन त हुन्छ, अझ यथास्थितिको कृषिको प्रविधि, मल–बिउ उत्पादन प्रणालीलाई हामीले आधुनिकीकरण गर्न सक्यौं भने, तिन–चार गुणा पनि उत्पादन, उत्पादकत्व बढाउन सक्छौं । र, खाद्यान्नमा हामीले हाम्रो देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।

    त्यहि उद्देश्यले विद्युत प्राधिकरणद्धारा उस्ले धान्न सक्ने गरेर विद्युतको महसुल घटाएका छौं । बढीभन्दा बढी सिँचाइ गरे उत्पादकत्व बढाउने सोच बनाएर हाम्रा योजनाहरुलाई अगाडि बढाउदै गरेका छौं । \जुन दिन खाद्यान्नको हिसाबले हामी आत्मनिर्भर हुन सक्छौं, हाम्रो असन्तुलित व्यापार घाटालाई धेरै गुणा न्यूनिकरण गर्न सकिन्छ भनेर तथ्याङ्कले प्रष्ट पार्छ ।

    तेस्रो कुरा, ऊर्जा खपत हुने उद्योगहरुले जति बिजुली मागे पनि दिन सक्ने हैसियतमा छौं ।  अझ धेरै विद्युत खपत गर्ने उद्योगहरु स्थापना भए वा विदेशिहरु उद्योग स्थापना गर्न आए भने, हामी त्यसमा सहयोगसहित पर्याप्त बिजुली दिने स्थितिमा पुगेका छौं र औद्योगिकिकरणमा अगाढि बढाउन पनि सक्छौं ।

    अर्थशास्त्रको सिद्धान्तमा जस्ले बढी वस्तुको खपत तथा उत्पादन गर्छ त्यसको लागत कम हुन्छ । तर, हामी संकटबाट गुज्रिएको भएर होला जसले बढी खपत गर्छ उसले बढी तिर्ने विद्युत प्राधिकरणको नियम छ । यसलाई हामीले थोरै भए पनि परिवर्तन गरेका छौं । अझ केही वर्षपछि बिजुलीको महशुल दर सस्तो बनाउनुपर्छ, त्यो सम्भव छ । अहिले हामीले थोरै घटाएका छौं ।

    सँगसँगै हामीकोमा पेट्रोलिमयम पदार्थको ठूलो खपत छ । नेपालमा जलविद्युत हुँदाहुँदै खर्बौं रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरका छौं  । हाम्रो अर्को लक्ष्य भनेको जति पनि यातायातका साधनहरु छन् ती विद्युतीय हुनुपर्छ भन्ने हो । साथै विभिन्न समयमा विद्युतीय सवारीको र्यालिसमेत गर्दै आएका छौं । अब नयाँ सवारी खरिद गर्दा सबै जनाले विद्युतीय सवारी खरिद गर्न अनुरोध गर्दछु ।

    विद्युतीय सवारीको आयातमा भन्सार अलि महंगो छ । त्यसलाई घटाउनका छलफल गरी रहेका छौं । झट्ट हेर्दा गाडीको भन्सार दरबाट राजस्व धेरै मात्रामा संकलन हुने उद्देश्य राखिएको हुन्छ । तर, यहाँभित्र पर्याप्त विद्युतको खपत गरेर त्यसले तिर्ने राजस्वभन्दा यताबाट गर्ने योगदान अझ बढी सकरात्मक हुन आउँछ ।

    क्रमशः यातायातको क्षेत्रमा सबै विद्युतीय गाडीहरु सञ्चालन गर्दैगर्दा सार्वजनिक यातायातमा मोनो रेल, मेट्रो रेल सञ्चालनको कुरा पनि गरी रहेका छौं । तर, हाम्रोमा जे सम्भव छ त्यो विद्युतीय यातायात सञ्चालन गर्छौं । आफ्नो देशको ऊर्जा, आफ्नै देशमा खर्च हुन्छ । अहिले विश्वभरीको जलवायु परिवर्तनको असर छ । यति बेला जलवायु सम्मेलन पनि चलिरहेको छ ।

    हामीले वातावरण नबिगारे पनि विकसित देशका कारण जलवायु परिवर्तनमा आएको परिणाम नेपाल जस्ता देशहरुले भोगिरहेका छन् । यो वर्ष जुन ढंगको बेमौसमी वर्षाले जन–धनमा पुर्याएको क्षति अर्बैंको छ । राज्य राहात वितरण गर्ने स्थितिमा पुगेको छ । यसलाई पनि विद्युतीय साधनहरुको प्रयोग र जलविद्युतलाई सबै ऊर्जाका क्षेत्रमा प्रयोग गर्दा हामीले आफ्नै ठाउँबाट जलवायुको संरक्षण गर्न सक्छौं । अहिले विश्वले बिगारेको वातावरणीय क्षति हामीले भोगि रहेका छौं र अझै कति भोग्नु पर्ने हो ? भन्ने स्थिति छ ।

    त्यसैगरी हाम्रो देशको महत्वपूर्ण विकासको स्रोत भनेको जलस्रोतनै हो । आधारभुत हिसाबले कृषि हो । विगत पौने २ वर्षदेखि हामीले कोभिडको मारलाई भोगेका छौं र पर्यटन क्षेत्र अवरुद्ध छ । हामीले जुन समुन्नत समाज र देशको सपना देख्छौं पर्यटन क्षेत्र त्यसलाई परिपूर्ति गर्ने एउटा आधार मात्रै हो ।

    जलविद्युत र जलस्रोतको उत्पादन उपभोग र ऊर्जा व्यापारमा पनि हामीले ढोका खुलाएका छौं । चाहेको जस्तो गरेर त अझै पनि भइरहेको छैन । ३ वटा देशसँग हाम्रो ऊर्जा सम्झौता भएर दक्षिण भारतसँग संरचना बनेको छ । उत्तर चीन र बंगालादेशले सम्झौता गरेका छन्  । तर, अझै संरचना बनेको छैन ।

    त्यसैले हाम्रोमा भएको असन्तुलित व्यापार घाटालाई व्यवस्थित गर्न सक्ने क्षेत्र ऊर्जा हो । यसको भरपुर उपयोग, विस्तार र व्यापार गर्ने कुरामा सरकारले मात्रै होइन निजी क्षेत्र जसरी उत्पादनमा गएको छ, त्यसरी नै व्यापारमा लाग्दा सहज हुन्छ । त्यसका लागि भर्खरै हामीले मन्त्रालयमा एउटा कार्यदल बनाएर कार्यविधि विकास गर्दैछौं । विद्युत प्राधिकरणको पहिला नै क्षेत्राधिकार छ, त्यो बाहेक निजी क्षेत्र पनि यसमा संलग्न होस् भनेर कार्य विधिको विकास गरेका हौं ।

    शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.