काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम थप गर्ने भएको छ ।
तर प्रधानन्यायाधीश जबराले राजीनामा नदिएपछि बारले थप आन्दोलन गर्ने घोषणा गर्दैछ । विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले प्रधानन्यायाधीशको राजीनामा मागिएको बारले जनाएको छ ।
