काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
स्रोतका अनुसार तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् ।
साथै अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।
