काठमाडौं – गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा रेलु टोली वेस्ट ह्याम युनाइटेडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई ३-२ गोलले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।
वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गरे भने लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे ।
जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै पराजित भएको लिभरपुल २२ अंक बनाएर चौथो स्थानमा रहेको छ ।
