• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गौतमबुद्ध विमानस्थलः क्यालिब्रेसन फ्लाइटमा सञ्चालक समितिको हस्तक्षेपले एरोथाईको इन्ट्री, निर्णय हुनसकेन


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरोथाई वा इन्डियन एयरपोर्ट अथोरिटीमध्ये कसलाई जिम्मा दिने भन्ने निर्णय अझै हुन सकेको छैनन् ।

    Advertisement

    यसअघि सम्झौता गरिएको एरोथाईले कोभिडको कारण देखाउँदै नेपाल आउन नसक्ने र अर्को विकल्प गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएपछि विकल्पको रुपमा प्राधिकरणले भारतको इन्डियन एयरपोर्ट अथोरिटीलाई अनुरोध सहितको पत्र पठाएको थियो ।

    प्राधिकरणको अनुरोध स्वीकार गर्दै क्यालिब्रेसन फ्लाइटका लागि इन्डियन एयरपोर्ट अथोरिटी आउन तयार रहेको पत्र पठाएसँगै सञ्चालक समितिको हस्तक्षेपका कारण पुरानै कम्पनी एरोथाइको इन्ट्री भएको छ ।

    भारतीय कम्पनीलाई जिम्मेवारी दिने निर्णयका लागि बसेको बोर्ड बैठकमा सञ्चालक समितिले एक पटक एरोथाईसँग अन्तिम वार्ता गर्न प्राधिकरणलाई निर्देशन दिएसँगै उसले आउने इच्छा देखाएको थियो ।

    प्राधिकरणका प्राविधिकहरूले एरोथाई कम्पनीलाई क्यालिब्रेसन फ्लाइटका लागि आउने वा नआउने भन्ने विषयमा पुनः एक पटक निधो गर्न भन्ने बेहोरा सहितको पत्र पठाएपछि आफू आउन तयार रहेको जवाफ पठाएको थियो ।

    एरोथाईको पत्र प्राप्त भएपछि प्राधिकरणभित्र कुनलाई जिम्मेवारी दिने भन्ने विषयमा मत बाझिएको छ । जसको कारण हालसम्म कुनै निर्णय हुन सकेको छैनन् ।

    सञ्चालक समितिको हस्तक्षेपकै कारण क्यालिब्रेसन फ्लाइटको विषयमा निर्णय हुन नसकेको कारण सो विमानस्थल सञ्चालनको मितिसमेत पर धकेलिँदै आएको छ । क्यालिब्रेसन फ्लाइटका लागि मात्र पनि कम्तीमा तीन महिना लाग्ने र त्यसपछि परीक्षण उडानका लागि समेत समय लाग्ने प्राधिकरणले जनाएको छ ।

    ‘यदि सञ्चालक समितिको हस्तक्षेप नभएको भए यस अघिनै भारतीय कम्पनीसँग सम्झौता भएर यतिबेला क्यालिब्रेसन फ्लाइटको तयारी भइसक्थ्यो, तर अहिले कसलाई दिने भन्ने विषयनै अन्यौलग्रस्त भएको छ,’ एक अधिकारीले भने ।

    ‘कोभिडका कारण आउन नसक्ने र अर्को विकल्प सोच्न भनेर पत्र पठाइसकेको अवस्थामा पनि सञ्चालक समितिले फेरि एक पटक एरोथाईसँग सोध्नुस् भन्नुनै समय लब्याउने बाहना हो, ती अधिकारीले भने, प्राधिकरणको बोर्ड पनि गौतमबुद्ध विमानस्थल छिटो सञ्चालन होस् भन्ने चाहँदैनन् भन्ने प्रष्ट हुन्छ ।’

    सञ्चालक समितिको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सदस्यहरूमा पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, अर्थ मन्त्रालयका प्रतिनिधि नारायणप्रसाद सापकोटा, निजी क्षेत्रबाट महेशकुमार गुरागाईं र सदस्य सचिवको रुपमा महानिर्देशक क्षेत्री छन् ।

    प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भने केही दिनभित्रै कुन कम्पनीलाई दिने भन्ने निर्णय भइसक्ने जानकारी दिए । सञ्चालक समितिको हस्तक्षेप नरहेको र पहिला सम्झौता भएको कम्पनीलाई एक पटक सोध्न आग्रह गरेको उनको भनाई छ ।

    यस अघिनै सम्झौता भएको कारणले एरोथाइले नै क्यालिब्रेसन फ्लाइटको लागि जिम्मा दिने विषयमा लगभग सहमति भएको बताउदै निर्णय भने भइनसकेको उनको भनाइ छ ।

    विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न विमानस्थल परिसरमा जडित उपकरण ठीक भए–नभएको र ती उपकरणले सही काम गरे–नगरेका बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गरिने नै क्यालिब्रेसन फ्लाइट भनिन्छ ।

    क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार एआईपी एरोनटिकल पब्लिकेसनमा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान गर्न पाइन्छ । क्यालिब्रेसन फ्लाइटका लागि करिब ३ महिनाको समय लाग्नेछ ।

    विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

    एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । विमानस्थल सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने सरकारी योजना छ ।

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.