नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रतितोला १३ सय रुपैयााले बढेको छ । बजारमा आज आपावाल सुन ९४ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तिहारपछि उकालो लाग्न थालेको सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलाको ९४ हजार कायम भएको हो । महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम एक हजार ३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो । गत बुधबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
