जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पनि मौसममा खासै परिवर्तन आउनेछैन । दिउँसोको जस्तै राति पनि पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ ।
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील छैन । पछिल्ला केही दिनमा चिसो भने एक्कासि बढेको छ । दिउँसो घाम लाग्दा न्यानो अनुभव भए पनि देशैभर साँझ बिहान चिसो बढ्दो क्रममा छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
