नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको छ।
नेकपाका महासचिव विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको हो।
‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रोसामु छ,’ विज्ञप्तिमा भनिएको छ।
आयल निगमले पछिल्लो १० दिनमा इन्धनको मूल्य दुईपटक बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले थप ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ बढाइएको छ।
