• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

युरोप र अष्ट्रेलिया जोड्दै नेपाल एयरलाइन्स, ट्रान्जिट बनाएर उडान गर्ने


  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कै टिकटबाट युरोप र अष्ट्रेलिया जान पाइने भएको छ । युरोप र अष्ट्रेलियासँग नेपाल जोड्ने उद्देश्यले  निगमले विभिन्न एयरलाइन्सहरुसँगको समन्वयमा टिकट बिक्री सुरु गरेको हो ।

    Advertisement

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली यात्रुहरुलाई सहज र सरल रुपमा विदेशको यात्रा गर्ने वातावरण मिलाउन निगमलाई निर्देशन दिएसँगै विभिन्न एयरलाइन्ससँगको समन्वयमा उडान सुरु गरेको हो ।

    युरोप र अष्ट्रेलिया उडानका लागि महँगो शुल्क तिर्नुपरेको जनगुनासो बढिरहेको बेला नेपाल निगमले विभिन्न एयरलाइन्ससँगको समन्वय गरेर ट्रान्जिट बनाएर यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था गरेको हो ।

    निगमको जहाज जाने ठाउँसम्म आफ्नै जहाजबाट र त्यहाँबाट अन्य गन्तव्यमा जाने गरी व्यवस्था मिलाएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । तत्कालका लागि १० वटा गन्तव्यमा नेपाल एयरलाइन्सको टिकटबाट यात्रा गर्न पाउने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    सम्झौताअनुसार काठमाडौं–बैंकक–सिओलमा नेपाल एयरलाइन्स र थाई एयरवेज, काठमाडौं–बैंकक–सिड्नी नेपाल एयरलाइन्स र थाई एयरवेज, काठमाडौं–बैंकक–टोकियो नेपाल एयरलाइन्स र निपोन एयरलाइन्स, काठमाडौं दोहा–कुवेत नेपाल एयरलाइन्स र कुवेत एयरवेज,काठमाडौं–दुबई–कुवेत नेपाल एयरलाइन्स, कुवेत एयरवेज, काठमाडौं –दुबई –जुरीच नेपाल एयरलाइन्स र इमिरेट्स एयरलाइन्सले यात्रु लैजाने छन् ।

    यस्तै नेपाल एयरलाइन्सले इमिरेट्स एयरलाइन्ससँगको समन्वयमा काठमाडौं–दुबई–लण्डन, काठमाडौं–दुबई–फ्रान्कफर्ट, काठमाडौं–दुबई– पेरिस र काठमाडौं–दुबई–बहराइनको उडान गर्ने गरी सहमति गरेर उडान सुरु गरिएको कार्यकारी अध्यक्ष अधिकारीको भनाइ छ ।

    विभिन्न एयरलाइन्ससँगको समन्वयमा ट्रान्जिट बनाएर यात्रु ओसारपसार गर्ने व्यवस्था गर्दा एयरलाइन्सको टिकट १० ठाउँमा खोज्नु पर्ने झन्झट हट्नुको साथै भाडा पनि केहि सस्तो हुनेछ । तर, एयरलाइन्सले भाडा भने सार्वजनिक गरेको छैन । विदेशी एयरलाइन्सले बेला बेलामा भाडा बढाउने र घटाउने गरिरहने भएकोले मूल्य सार्वजनिक नगरिएको निगमको भनाइ छ ।

    ट्रान्जिट बनाएर यात्रुहरु ओसारपसार गर्दा नेपाल एयरलाइन्सले पनि यात्रु नपाउने भन्ने समस्या नहुने र पर्यटकहरुको पनि आगमन बढ्ने अपेक्षा मन्त्रालयले लिएको छ । त्यति मात्र हैन, अध्ययन र रोजगारीका लागि जाने नेपालीहरुलाई समेत सहज हुने भएको छ । निगमले केन्द्रीय कार्यालयबाट टिकट काट्न सुरु गरिसकेको जनाएको छ ।

    बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.