• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अर्थमन्त्री–गभर्नर–बैंकरबीच छलफलः स्थानीय तहमा जाने पैसालाई सतप्रतिशत निक्षेपमा गणना


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव दिन प्रतिदिन चर्किँदै गएपछि गम्भीर बनेका अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा जाने रकमलाई पनि निक्षेपमा सतप्रतिशत गणना गर्न दिने विषयमा सकारात्मक देखिएका छन् ।

    Advertisement

    बजारमा लगानीयोग्य रकमको चरम अभावपछि बैंकहरु लगानी नै गर्न नसक्ने अवस्था पुगिसकेका छन् । अहिले बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.८७ प्रतिशत पुगेको छ ।

    बैंकहरुले नयाँ ऋण दिन नसक्दा अर्थतन्त्रमै सुस्तता आएपछि अर्थमन्त्री शर्माले बजारमा कसरी लगानीयोग्य रकम उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर छलफल गरेका थिए ।

    स्थानीय तहमा जाने रकमलाई सतप्रतिशत निक्षेपमा गणना गर्दा दिए बजारमा लगानीयोग्य रकम आउने बैंकरहरुको सुझाव थियो । बैंकरहरुको सुझावलाई मनन् गर्दै अर्थमन्त्री शर्मा स्थानीय तहमा जाने सबै रकमलाई निक्षेपमा गणना गर्न दिन सकारात्मक देखिएका हुन् । अहिले स्थानीय तहमा जाने रकमको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइन्छ ।

    स्थानीय तहमा २८० अर्ब रुपैयाँ जान्छ । त्यो रकम मध्ये १४० अर्ब रुपैयाँ मात्रै निक्षेपमा गणना गर्न पाइन्थ्यो । यदि अर्थ मन्त्रालयले यो सबै रकमलाई निक्षेपमा गणना गर्न दिएको अवस्थामा सीडी रेसियो ८७ प्रतिशतमा झर्छ । त्यो हुने बित्तिकै बैंकलाई लगानी गर्ने बाटो खुल्छ । र, अर्थतन्त्र चलायमान हुनेछ।

    अर्थमन्त्री शर्माले निर्माण व्यवसायीलाई सरकारले भुक्तानी गर्नुपर्ने बाँकी रकम पनि तत्काल भुक्तानी दिने बताए । त्यसैगरी पुँजीगत खर्चलाई पनि ब्यापक बनाएर लैजाने बैंकरसामू शर्माले प्रतिवद्धता जनाए ।

    पुँजीगत खर्च सोचेअनुरुप नबढ्दा सम्पूर्ण राजस्व राज्यकै ढुकुटीमा थन्किएकाले पनि बजारमा लगानीयोग्य रकमको अभाव भएको भन्ने बैंकरहरुको भनाइ थियो । त्यसमा अर्थमन्त्री शर्माले सरकार जतिसक्दो धेरै पुँजीगत खर्च बढाउन लागेको जानकारी दिए ।

    यसअघि नै अर्थमन्त्री शर्माले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने घोषणा गरेका छन् । साउनदेखि हालसम्म पुँजीगत खर्च साढे ४ प्रतिशत मात्र भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ८७ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ ।

    विगत केही दिनदेखि बजारमा लगानी योग्य रकम नहुँदा बैंकहरु हात बाँधेर बस्ने अवस्था आइसकेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा विस्तार १९ प्रतिशत हुने अनुमान गरेकोमा बैंकहरुले आक्रामक रुपमा व्यवसाय बढाएपछि अहिले नै ३२ प्रतिशत पुगिसकेको छ ।

    छलफलमा बैंकहरु आक्रमक रुपमा व्यवसाय विस्तार गर्दा समस्या आएको कुरा उठेको थियो । तरलता समस्यालाई कसरी हल गर्ने भन्ने विषयमा मन्त्रालयमा गहन छलफल भएका बैंकका एक सीईओले बताए । उनले यो छलफलले तरलताको समस्या समधान गर्नका लागि सकरात्मक पहल गर्ने बताए ।

    सो अवसरमा बैंकका सीईओहरुले लगानी गर्न सबै पैसा सकिएकाले राज्यको ढुकुटीमा जम्मा भएको पैसा बैंकिङ प्रणालीमा ल्याउन सुझाएका थिए । तरलता बढाउन विकास खर्च बढाउन बैंकहरुले अर्थमन्त्री शर्माको ध्यानकर्षण गराएका थिए ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.