काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ घमण्डकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको बताएका छन् ।
शुक्रबार सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै नेपालले नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै सो कुरा बताएका हुन् । उनले म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्ने पनि बताए ।
उनले भने – ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने बारे चनाखो रहनु पर्छ।’उनले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए ।
