काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखामा छन् ।
नी गोरखाको विभिन्न स्थानमा कार्यकर्तादेखि स्थानीयसँग भेटघाटमा व्यस्त छन् । उनको साथमा पत्नी हिसिला यमी पनि छिन् । शुक्रबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफुले धान झाँट्दै गरेको तस्बिर शेयर गरेका छन् ।

उनले शेयर गरेको तस्बिरमा पत्नी हिसिलाले पनि कोदो केलाउँदै गरेको देखिन्छ । तस्बिर शेयर गर्दै भट्टराई लेखेका छन् – ‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै’

