काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।
इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाले आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजाम गरेको थियो ।
उक्त कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध पनि प्रदर्शन गरेको छ ।
गत बुधबार सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
