चितवन। भरतपुरमा पुसको पहिलो साता औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । आज काठमाडौँमा आयोजकले पत्रकार सम्मेलन गरी पुस २, ३ र ४ गते प्रदर्शनी भरतपुरमा औद्योगिक प्रदर्शनी हुने जनाएको छ । उद्यशिलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न प्रदर्शन गरिन लागिएको हो ।
औद्यौगिक प्रविधिहरु प्रर्दशनीमा भित्र्याइने उद्योग संघ चितवनले जनाएको छ । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० बढी स्टलहरु रहनेछन् । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
उनले भने,‘टेक्नोलोजी ट्रान्सफर गर्ने, नेपाली उत्पादनको बजारीकरणका लागि सहज गर्ने र जो नयाँ इन्डष्ट्रिमा आउन खोज्नु भएको छ, उहाँहरुलाई आकर्षण गर्नका लागि यो प्रर्दशनी गर्न लागिएको हो ।’
प्रर्दशनीलाई सफल बनाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहका संघ, संस्थाहरुको पनि सहयोगी भूमिका रहनेछ ।
