कुमारी बैंकले दाङको घोराही उपमहानगरपालिकाभित्र रहेको जग्गा लिलाम गर्ने भएको छ । ऋणीले समयमा कर्जा नतिरेपछि धितोमा रहेको जग्गा लिलामी गर्न बैंकले प्रक्रिया अघि बढाएको हो ।
बैंकले साबिकको घोराही नगरपालिका वडा नं. ९ क स्थित ११७ वर्गमिटर क्षेत्रफल भएको जग्गा र त्यसमा रहेको घर लिलाम गर्न लागेको सूचनामार्फत जनाएको छ । जग्गा खरिद गर्न इच्छुक नेपाली नागरिक तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न बैंकले आह्वान गरेको छ ।
यससम्बन्धी सूचना कात्तिक २९ गते प्रकाशित भएको हो । बोलपत्र बैंकको दाङ घोराहीस्थित शाखामा बुझाउन बैंकले सूचित गरेको छ । बोलपत्र सोही कार्यालयमा मंसिर ६ गते सोमबार दिनको तीन बजे खोलिने बैंकले जनाएको छ ।
