जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै पनि मौसम प्रणाली सक्रिय नरहेको महाशाखाले जनाएको छ ।
