चितवनको भरतपुर तथा काठमाडौँको बानेश्वरमा एकैसाथ खाता विजीनेस एकेडेमीको अकाउन्टिंग ट्रेनिंग तथा इन्टर्न्शिप कक्षाहरु सुरु भएका छन् |
विशेष गरेर त्रिभुवन, पोखरा तथा पुर्वान्चल विश्वविधालय अन्तरगतका विभिन्न कलेजहरुमा BBS तथा BBA पढ्दै गरेका विधार्थीहरुलाई लक्षित गरि बनाइएको यस कोर्स मार्फत उनीहरु लेखा तथा कर सम्बन्धि जागिरका लागि तयार हुने खाता विजीनेस एकेडेमीका प्रबन्ध निर्देशक सि. ए. विपिन लम्सालले जानकारी दिनुभयो |
उहाँका अनुसार अर्थतन्त्रमा धेरै लेखा तथा कर सम्बन्धि दक्ष जनशक्तिको आवश्यकता भएतापनि अहिलेको कलेजको शिक्षामा प्रयोगात्मक पक्ष भन्दा शैद्धान्तिक पक्षलाई बढी जोड दिइएकाले विधार्थीहरु अवसर खोज्ने समयमा अफ्ट्यारोमा पर्ने गरेका छन् |
पूर्ण प्रयोगात्मक संरचनामा बनेको यस कोर्ष मार्फत बिद्यार्थीहरुले एक महिना सांचिकै कुनै व्यवसायमा लेखा तथा करको काम गरेझैं गरि इन्टर्न्शिप गर्न पाउंछन् र साथसाथै लेखा, ट्याली तथा बिजी सफ्टवेयर, भ्याट, टि. डी. यस., आयकर तथा व्यवसायिक बायोडाटा बनाउन पनि सिक्दछन् |
कुनै पनि कम्पनीमा आफ्नो काम सुरु हुने बित्तिकै के गर्ने के नगर्ने देखि आफ्नो करियरलाई कसरी लेखा व्यवस्थापकसम्म पुर्याउनेभन्ने कौशलता पनि सिकाइने हुँदा बिद्यार्थी माझ यो कोर्ष अझ लोकप्रिय भएको छ |
यसका साथसाथै यस एकेडेमी मार्फत छिटै नै हाल कार्यरत अकाउन्टेन्टहरुको क्षमता वृद्धिका लागि अकाउन्ट म्यानेजर कोर्ष,व्यवसायिक कर कोर्ष, प्रयोगात्मक मार्केटिंग कोर्ष र नव उधमीका लागि स्टार्ट-अप कोर्ष तथा विधालयका विधार्थीलाई लक्षित गरि स्कुलप्रेनर कोर्ष पनि सुरु हुदै छ|
हाल यो कोर्ष भौतिक रुपमा चितवन र काठमाडौँमा मात्र उपलब्ध भएपनि अनलाइन मार्फत पनि घरमै बसी लिन सकिन्छ| साथै भविष्यमा भौतिक रुपमा पनि नेपालका सबै ठुला सहरमा यस कार्यक्रम पुर्याउने सि ए विपिन लम्सालको अठोट छ र हाल यसैको गृहकार्य चलिरहेको छ |
आशा छ खाता विजीनेस एकेडेमीले धेरै भन्दा धेरै विधार्थीलाइ अवसर/ काम गर्न योग्य बनाओस् र साथसाथै व्यवसायहरुलाई पनि दक्ष जनशक्ति प्रदान गरोस|
यस कोर्षमा सम्हिलित हुन फोनबाटै कम्पनीको सहायता नं ९८०१०७४००१ मा कल गरेर वा www.khataacademy.comमा गएर आफ्नो नाम बुकिंग गर्न सकिन्छ|
