केही वर्षदेखि लगानीकर्तालाई केही पनि प्रतिफल नदिएको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यसपटक भने बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले २५% बोनस शेयर र २% नगद गरी कुल २७% लाभांश दिने घोषणा गरेको छ ।
संचालक समितिको मिति २०७८ साल कार्तिक ३० गते बसेको बैठकले आर्थिक बर्ष २०७६/७७ सम्मको संचित नाफाबाट सो लाभांश वितरण गर्ने निणर्य गरेको हो।
इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० को २५% ले हुने ५० करोड २६ लाख ९० हजार १८१.८५ बराबरको बोनस शेयर र २% ले हुने ४ करोड २ लाख १५ हजार २१४.५५ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने निणर्य बैठकले गरेको छ। उक्त लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भएपछि साधारण सभाले पारित गरेर वितरण गरिनेछ ।
