• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो ।

    Advertisement

    स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९५७ जनाले लगाएको उहाँले जानकारी दिनुभयो ।

    पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३२१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ६८ हजार ३८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो सङ्ख्या भएमा खोप लगाइने उहाँले बताउनुभयो । अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीबार लगाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरुलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ ।

    खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको सङ्ख्या खासै नभएको बताउनुभयो । कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताउनुभयो । उहाँका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।

    परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।” ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेको जनाउँदै उहाँले उनीहरुलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारीदिनुभयो । काठमाडौँमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उहाँले अभियान नै चलाउनुपर्ने बताउनुभयो ।

    तीन दिनमा ६९ दीर्घरोगीले लगाए खोप

    कात्तिक २८ गतेबाट सुरु भएको दीर्घरोगीका लागि कोभिडविरुद्धको फाइजर खोप चितवनमा मङ्गलबारसम्म ६९ जनाले लगाएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मात्रै दिइएको यो खोप तीन दिनमा ६९ जनाले लगाएका हुन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार १२ वर्षभन्दा माथिका सबै उमेर समूहका दीर्घरोगीहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको छ । यसअघि खोपको कुनै पनि मात्रा नलगाएकाहरुलाई यो खोपको व्यवस्था गरिएको हो ।

    मुटुको बिरामी भई शल्यक्रिया गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गाैलाको समस्या भई मिर्गाैला फेरेका, डाइलालिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेकाहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको छ ।

    यस्तै अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएकाहरुलाई यो खोप लगाउने व्यवस्था गरिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । यो खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गरिनेछ ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.