• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोरोना कहर सकिएको संकेतसँगै दैनिक ४ सय उडान, दुई घण्टासम्म आकाशमै ‘होल्ड’


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको एयरलाइन्स व्यवसाय पूर्ण रुपमा लयमा फर्किएको छ । कोरोना विरुद्धको खोप अभियानलाई सरकारले तीब्रता दिएसँगै अहिले दैनिक ४ सय उडान हुन थालेपछि आकाशमा होल्ड हुने समय पछि बढ्न थालेको छ ।

    Advertisement

    एक अन्तर्राष्ट्रिय एयरलाइन्सका नेपाल प्रमुखका अनुसार अन्तर्राष्ट्रिय जहाज दुई घण्टासम्म आकाशमै होल्ड हुन थालेको बताए । ‘विदेशबाट आउने हरेक जहाज न्यूनतम १ घण्टादेखि २ घण्टासम्म होल्ड हुन थालेको छ,’ ती अधिकारीले भने, ‘नेपाल नागरिक उड्डयान प्राधिकरणले एयर ट्राफिक कन्ट्रोल (एटीसी)मा अनुभवी कर्मचारी नखटाउँदा समस्या भएको हो ।’ अनुभवी एटीसी राख्ने वित्तिकै अहिलेको समस्या धेरैहदसम्म न्यूनीकरण हुने ती अधिकारीको भनाइ छ ।

    प्राधिकरणका अनुसार अहिले ३ सय वटा आन्तरिक उडान हुन थालेका छन् । ८० वटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दिनमा झण्डै ४ सय उडान हुन थाले पनि आधा घण्टा हाराहारी होल्ड हुन लागेको क्यानका अधिकारीहरु बताउँछन् ।

    लामो समयपछि एयरलाइन्स व्यवसाय नर्मलतिर फर्किएको छ । विगतको तुलनामा होल्ड हुने समय केही लम्बिएकाले क्यानले राति तीन बजेसम्म उडान गर्ने तयारी समेत थालेको छ । अहिले राति १२ बजेसम्म मात्रै उडान हुन्छ । त्यसलाई ३ बजेसम्म पुर्याउने विषयमा क्यानमा छलफल समेत भइरहेको छ । यदि ३ बजेसम्म लैजान सकियो भने अहिले भइरहेको होल्ड कम हुने उनीहरुको दाबी छ ।

    अहिले काठमाडौंका सबै होटलको अकुपेन्सी ८० प्रतिशत माथि छ । यसैबाट पनि देखिन्छ, नेपालमा हवाई उडान पुरानै गतिमा फर्किएको छ । अहिले पर्यटक आवागमन बढ्ने सिजन हो । यो बेला पर्यटक बढ्ने गर्छन् ।

    बिहान र बेलुकाको समयमा भने समस्या छैन । तर, पिक समय बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकाको ८ बजेदेखि ११ बजेसम्म पर्ने गरेको विमानस्थल स्रोतले बताएको छ ।

    विमानस्थलमा पार्किङ अभावकै कारण विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको हो । विशेषगरि पिक आवरमा पार्किङ ‘वे को अभावका कारण थप उडान स्लट उपलब्ध गराउन नसकिने भएपछि यसबाट स्वदेशी क्यारियरलाई पनि समस्या पर्ने भएको छ ।

    अहिले भएकै उडानमा पनि ओभर लोड हुँदा नेपाली आकाशमा हुने एयर ट्राफिकले समस्या पर्ने गरेको विमानस्थल स्रोतको दाबी छ । नेपालमा कोरोना कहर कम हुँदै गएपछि पर्यटकको आवागमनमा वृद्धि भएको छ । यद्यपि, यूरोपमा पछिल्लो समय तेस्रो भेरियन्टको संक्रमण सुरु भएको भन्दै कतिपय मुलुकहरुले फेरि लकडाउन लगाउन सुरु गरेका छन् ।

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.