• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राजनीतिक अस्तित्वको लडाईमा १० भाइ, सकिने भयो राजनीतिक जीवन


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । माधवकुमार नेपाल लडिदिन्थे, उनीहरु शानले पद पाउँथे । नेपालले विधिको कुरा गर्थे, उनीहरुका लागि लड्थे । उनीहरुको बचाऊमा लाग्थे र उनीहरुले जे जे माग्यो त्यही पाउथे । नेता नेपाललाई लात हानेर ओलीको कम्पनीको कारिन्दा बन्न पुगेका एमालेका १० भाइको राम्रै विचल्ली भएको छ ।

    Advertisement

    राजनीतिक रुपमा करिबकरिब अन्त्यको  रुपमा पुगेका छन्, उनीहरु ।  खड्ग ओली ओली गुटका नेताहरु मात्र होइन, ‘दश भाइ’ भनेर चिनिने कतिपय नेताहरु समेत आगामी महाधिवेशनमा ओलीलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिरहेका छन् । तर, माधव नेपालको आडमा राजनीति गरेका भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्यहरु घर न घाटको हुने अवस्थामा पुगेका छन् ।

    अब उनीहरु कुनै पनि भूमिका नपाउने र राजनीतिक जीवन सकिने अवस्थामा पुगेका छन् ।   ओलीको जोड पनि सर्वसम्मत अध्यक्ष बन्ने नै छ । उनी पार्टीभित्र अब विरोधको स्वर सुन्नु नपरोस् र विरोधीहरुलाई ठेगान लगाउन पाइयोस् भन्ने भन्ने चाहनामा रहेका छन् ।

    त्यसैको पूर्वअभ्यास स्वरुप उनले तल्ला कमिटीको नेतृत्व चयन पनि त्यसैगरी गरेका छन् । आफना गुटका र आफूलाई बा नभन्नेहरुलाई कही कतैबाट पनि आउन नदिने योजना अनुसार काम भयो । जताततै १० भाइको बिजोक भयो । अझै कति बिजोग हुन्छ, त्यो हेर्न बाँकी रहेको छ ।

    गत कात्तिक ४ गते वडा र पालिका अधिवेशनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्रको पाँचौं बुँदामा भनिएको थियो– ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने ।’ १० भाइलाई ठिक गर्ने खासमा नीतिगत निर्णय नै यही थियो ।

    माधव नेपालको आडमा आफू विरुद्ध विद्रोह गरेको भन्दै ओलीले जानीबुझीकन नै विरोधी तह लगाउने रणनीति अख्तियार गरेका थिए । ओली त्यसमासफल भएका छन् ।  त्यसयताका आफ्ना भाषणहरुमा  समेत खड्ग ओलीलेसर्वसम्मत नेतृत्व चयनको नाममा फरक मत राख्नेलाई राम्रैगरी पेलेका छन् । यो पेलाई अझै विस्तार भएर जानेछ । पेलाईमा पर्नेहरु क्रमशः बाहिरिनिेछन् । त्यसमा नपर्नेहरुले ओलीका सामु आत्मसमपर्ण गर्नुपर्छ ।

    यतिबेला ओली एमाले अध्यक्ष मात्रै होइन, प्राधिकार बन्ने बाटोमा छन् । त्यसका लागि पार्टीभित्र निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्नु जरुरी हुन्छ भन्ने उनले बुझेका छन् । त्यसो भयो भने तत्काललाई उनीनिकट नेताहरुले भन्दै आएको जस्तो एउटा ध्रुवको नेता र आगामी दिनमा उनी नै राष्ट्रिय नेताको रुपमा सबैभन्दा माथिल्लो उचाइका हुन् भनेर व्याख्या गर्न सहज हुनेछ । तर , दम्भको घडा भरिएका ओलीले सहजै त्यो स्थान पाउँछन् र पाउलान् भन्ने कल्पना नै गर्न सकिन्छ । विशाल हृदय नभइकन देशकै नेता बन्न सकिदैन । विष्णु रिमाल, गोकूल बाँस्कोटा, सूर्य थापा, भानुभक्त ढकाल जस्ता अनियमितताका नमूनाहरुको नेता त बन्लान् ओली, तर खासमा देशको नेता बन्न सक्दैनन् ।

    कुनै बेला पार्टीको नेतृत्व गरेका दुई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको बहिर्गमनपछि ओलीलाई सांगठनिक रुपमा चुनौती वा दबाब दिने माथिल्लो नेतृत्व छैन । उनीहरु नहुनु नै एमालेका लागि खास अर्थमा घाटा हो । ती नेताको बहिर्गमनपछि पनि एमालेमै रहेका नेताहरु अहिले छिन्नभिन्न भइसकेका छन् ।  त्यसले विचारको बहस हराएको छ । फरक विचार नहुँदा पार्टी मृतप्राय नै हुन्छ । किनकी, अब एमाले प्रजा परिषद्को बाटोमा लागेको एमाले स्थापनाकालका खास नेताका रुपमा रहेका राधाकृष्ण मैनालीको टिप्प्णी छ ।

    ओलीकै गुणगान गाउने र पदाधिकारी सुनिश्चित गर्ने रणनीतिमै लागिसकेका छन् । कतिपय एमाले विभाजनअघि नै ओलीको प्यारा भइसकेका थिए । ओलीको विकल्पमा अर्को अध्यक्ष बन्ने सम्भावना नरहेको एमालेभित्र स्वीकार भइसकेको विषय हो । तर, ओली निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्लान् । कि कसैले चुनौती  देलान् त्यो पनि भन्न सकिने अवस्था छैन ।

    ओलीगुटका नेताहरु ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन लागिपरेकाले त्यहाँबाट उनलाई चुनौती छैन । त्यसो भए, ओलीलाई सर्वसम्मत अध्यक्ष बन्ने बाटोमा अवरोध कसले गर्ला रु एमाले वृत्तमा यतिबेला दुई नेताको चर्चा हुने गरेको छ– उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल । उनीहरु शक्ति विहिन अवस्थामा पुगेका छन् ।

    रावलले आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । गृहजिल्लामा कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने स्पष्ट पारेका थिए । ‘दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु । चरम अवसरवादी राजनीति गर्ने रावलको यो घोषणालाई कोही कसैले पनि पत्याएका छैनन् ।

    रावल  सुदूरपश्चिम इञ्चार्जमा आफू पुनःबहाली नहुँदा असन्तुष्ट छन्। ओलीको त्यही क्रियाको प्रतिक्रियामा उनले अध्यक्ष उठ्ने घोषणा गरेको जस्तो देखिए पनि सिंह नभएको गोरुको नाम तिखे भने जस्तै छ उनका लागि ।

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.