जेसीआई नारायणगढ वर्ष २०२१ को चौँथो साधारणसभा तथा शाखाको ४४ औँ अधिवेशन चार दिनका विविध कार्यक्रमहरु हुँदै जेसी अमृत कुमार श्रेष्ठलाई आगामी अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरी आज सुसम्पन्न भएको छ।
मंसिर १ गते देखी मतदाता दर्ता,उम्मेद्वारी दर्ता,उम्मेद्वार तालिम लगायतका कार्यक्रम पश्चात आज भएको साधारणसभा अन्तर्गत महासचिव प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले अनुमोदन गरे पछि तेस्रो प्रस्ताव अनुरुप सभा ककस लगायतका निर्वाचन प्रकृयामा प्रवेश गरेको थियो।
शाखाका अध्यक्ष सिनेटर बासुदेव दवाडीज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शाखाका दुई दर्जन भन्दा धेरै पुर्वअध्यक्षज्युहरु,जेसीआई नारायणगढ लेडीकी अध्यक्ष जेसी सम्झना प्रधान श्रेष्ठज्यु सहितका पदाधिकारीहरु,जेसीआई नारायणगढका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।
पुर्व शाखा अध्यक्ष तथा वर्ष २०२१ का लागी अध्यक्ष सल्लाहकार जेसी अर्जुन अधिकारी प्रमुख निर्वाचन आयुक्त एंव वर्ष २०१९का पुर्व अध्यक्ष श्री विकासमान श्रेष्ठ र राष्ट्रिय उपाध्यक्ष तथा निवर्तमान शाखा अध्यक्ष जेसी अनोज जोशी निर्वाचन आयुक्त रहनु भएको निर्वाचन समितीबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुको पदस्थापन कार्यक्रम जेसीआई नारायणगढको परम्परा अनुसार आगामी जनवरी ५मा हुने छ।
