काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।
शनिवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले सो कुरा बताएका हुन् । उनले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताए ।
उनले भने – ‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ’ ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए
सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेको भन्दै उनले भने – “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको आँैला नसमातेर हिँड्न सक्दैनन् ।”
