• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

डेढ वर्षपछि धकेलियो सान्जेन जलविद्युत आयोजना, लागत पनि बढ्ने


  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । सार्वजनिक निजी साझेदारीमा सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ५७ मेगावाट क्षमताका दुई जलविद्युत् निर्माण आयोजना फेरि पछाडि धकेलिएका छन् ।

    Advertisement

    कम्पनीले निर्माण गरिहेको १४.८ मेगावाटको माथिल्लो सान्जेनको काम आगामी असारभित्र सकिने लक्ष्य लिएको छ । यस्तै ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजना निर्माण पनि धकेलिएर २०७९ चैतमा पुगेको छ ।

    माथिल्लो सान्जेनको सिभिल निर्माणको काम ९८.८०  प्रतिशत पूरा भएको छ । हालसम्म आयोजनाको समग्र प्रगति ९१.५४ प्रतिशत पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यी दुवै आयोजना गत आर्थिक वर्षभित्रै सकिसक्ने लक्ष्य राखिएको थियो ।

    माथिल्लो सान्जेन २२० केभी चिलिमे हब प्रसारण लाइन सम्पन्न हुनुअघि आउने भएपछि तत्कालका लागि चिलिमे जलविद्युत् कम्पनीको ३३ केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह हुनेछ । कन्टन्जेन्सी व्यवस्थाअनुसार चिलिमे थम्बुचेतदेखि स्याफ्रुबेसीसम्म आफैंले प्रसारण लाइन निर्माण गरी विद्युत् प्रसारण गर्ने योजना रहेको सान्जेनले जनाएको छ ।

    आयोजनाको कामलाई कोरानाले प्रभावित तुल्याएपछि थप जनशक्ति परिचालनमा समस्या देखिएको थियो । जसकारण आयोजना निर्माणमा ढिलाइ हुन गयो । दुवै आयोजनाबाट वार्षिक ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।

    यी आयोजना सम्पन्न गर्न निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, निर्माणमा भएको ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फिती र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन ।

    कम्पनीका अनुसार तल्लो सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।  आयोजनामा कर्मचारी सञ्चय कोषको ३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

    एनएमबी बैंकको थप ३५ अर्ब ऋण 

    आयोजना प्रभावित स्थानीयवासीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न ढिलाइ भएपछि कम्पनीले तत्कालका लागि एनएमबी बैंकबाट ७.०९ प्रतिशत ब्याजमा थप ३५ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यो ऋण रकम स्थानीयवासीलाई आईपीओ निष्कासन गरेपछि मात्र भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

    आयोजना प्रभावित रसुवा जिल्लावासीलाई १० प्रतिशत बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर जारी गर्ने प्रकृया अन्तिम चरणमा रहेको पनि सान्जेनले जनाएको छ ।

    तल्लो सान्जेनको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरू भएको उक्त आयोजनाले  तीन हजार ६३० मिटर हेडरेस सुरुङ १ हजार ५१ मिटर उचाइको सर्जट्यांक, ४७८ मिटर पेनस्टक सुरूङ तथा विद्युत्गृह निर्माण सम्पन्न गरिसकेको छ ।

    संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए पनि विद्युत्गृहभित्र कामको जिम्मा लिने डिइसी चिनिँया कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै आएको छ  ।  विद्युत्गृहमा जडान हुने ६४ प्रतिशत उपकरण आयोजना निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको छ ।

    यस्तै माथिल्लो सान्जेन पनि उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षामा छ । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिम्बु तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै  विद्युत्गृह पनि निर्माण भइसकेका छन् ।

    कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सान्जेनमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६, नेपाल विद्युत प्राधिकरणको १०.३६, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयवासीको १०, सञ्चय कोषका सञ्चयकर्ताको १९.५, संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत रहेको छ ।

    मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.