काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औँ महाधिवेशनमा जनसहभागिता कमी नहुने दावी गरेका छन् । मंगलबार च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा गरेका हुन् ।
उनले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने बताए । नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने दावी गर्दै उनले भने – ‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए’
एमालेको १०औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुनेछ । महाधिवेशनको लागि एमालेले भव्य तयारी गरेको छ ।
