नेपालगञ्ज । त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ। अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीका अनुसार एटिआर–७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो। स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ ।
