काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानको समयमा चिसो बढ्दै गइहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्दै गएको छ ।
बिहिबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो देशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
