नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । यससम्बन्धी सम्झौता हालै बैंक र त्रिभुवन विश्वविद्यालयबीच भएको छ ।
सम्झौताअनुसार बैंकले विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ । त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीलाई आम्दानीको आधारमा बिनाधितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने बैकले जनाएको छ ।
