काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन जाँदैछन् । चितवनमा मंसिर १० गतेदेखि १२ गतेसम्म हुन लागेको पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लागि ओली एकदिनअघि त्यसतर्फ जान लागेका हुन् ।
ओली आज सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् । यस्तै ओलीले आज नै महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन पनि गर्नेछन् ।
चितवनमा हुने एमालेको १०औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन् । मञ्च निर्माण, प्रचारप्रसार लगायतका कामहरू सकिन लागेको छ ।
