• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोभिडले थलिएको अर्थतन्त्र लयमा फर्किंदै, ८७ प्रतिशत उद्योग व्यवसाय सुचारु


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • कोभिड-१९ को महामारी र यसको रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञालगायतका कारण प्रभावित भएको अर्थतन्त्र पुरानै स्थितिमा फर्किन थालेको छ । कोभिड महामारीले बन्द भएका उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधि पुरानै लयमा फर्किन थालेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्ध फलोअप अध्ययनमा कोभिड महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा आएका छन् ।

    Advertisement

    कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूणर्रूपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेकोमा कात्तिकमा २.३ प्रतिशत उद्योग/व्यवसायमात्र सञ्चालन हुन नसकेको पाइएको छ । पुँजीका आधारमा ५० करोडभन्दा बढी लगानी भएका उद्योग कलकारखाना भने पूर्णरूपमा सञ्चालनमा आएका छन् । ठूला उद्योगमध्ये ९०.९ प्रतिशत पूर्णरूपमा र ९.१ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

    केन्द्रीय बैंकले २०७७ असारमा गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो । यसैगरी २०७७ मंसिरमा भएको पहिलो फलोअप सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूणर्रूपमा, ३७ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र नौ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो ।

    यसैगरी २०७८ वैशाखमा सम्पन्न गरेको दोस्रो फलोअप सर्वेक्षणमा ८१.२ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो ।राष्ट्र बैंकले कात्तिक ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको थियो ।

    उद्योग व्यवसाय सञ्चालनसँगै उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन/कारोबार बढे पनि होटल तथा रेस्टुराँ क्षेत्रको सुधार तुलनात्मक रूपमा कम छ ।

    गत असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढे पनि कोभिड महामारी अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिनसकेको प्रतिवेदनले औंल्याएको छ । उद्योग/व्यवसायहरूले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरूको औसत तलब-ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ ।

    कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३।४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत, ग्यास तथा पानीलगायत क्षेत्रका उद्योग/व्यवसायको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको प्रतिवेदनले आंैल्याएको छ । यो समाचार कारोबार दैनिकले आजको अंकमा प्रकाशित गरेको छ ।

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.