• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दुर्गा प्रसाईंलाई एमालेमा किन यत्ति धेरै महत्त्व ?


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका नेता तथा व्यवसायी दुर्गा प्रसाईं अहिले चितवन पुगेका छन् । चितवनमा महाधिवेशनमा सहभागी हुन पुग्दा खुशीको अनुभूति गरेका छन् ।

    Advertisement

    दुर्गा प्रसाईंको नेकपा एमालेको यात्रा धेरै लामो होईन । एमाले पार्टी आधिकारिक रुपमा प्रवेश गरेको दुई महिना नपुग्दै पार्टीले व्यवसायी समेत रहेका दुर्गा प्रसाईंलाई महाधिवेशन प्रतिनिधि बनाए पछि चर्चाको विषय बनेको छ । माओवादी पार्टीबाट राजनीति सुरु गरेका नेता प्रसाईं भर्खरै एमाले प्रवेश गरेका हुन् तर यत्ति छोटो समय मै किन यत्ति धेरै प्राथमिकता पाए भन्ने विषय उठ्न थालेपछि यो विषय केलाउन जरुरी छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली निकट श्रोतका अनुसार केपी ओलीलाई समेत धेरैले दुर्गा प्रसाईंको विषयमा सोधपूछ गरेका थिए । श्रोतका अनुसार दुर्गा प्रसाईंको बारेमा केपी शर्मा ओली सकारात्मक रहेको हुँदा पनि दुर्गा प्रसाईंले प्राथमिकता पाएका हुन् । केपी ओलीले विश्वासिलो पात्र भनेर मुन्टो हल्लाएको कारण पनि दुर्गा प्रसाईं एमाले भित्र रिझाएका छन् ।

    दुर्गा प्रसाईंसंगै धेरै नेताहरुले पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई छोडेर एमाले प्रवेश गरेका हुन् । दुर्गा प्रसाईंसंगै पूर्व माओवादी भनेर चिनिने एमालेका नेताहरुलाई कत्तै न कत्तै विभेद जस्तो गरेको देखिएको छ जुन कुरा नेता टोप बहादुर रायमाझीले मिडियामा बताएका समेत छन् । तर दुर्गा प्रसाईंलाई भने एमालेमा अलि फरक तरिकाले समावेश गरिएको पाईएको छ ।

    दुर्गा प्रसाईं व्यवसायी भएको कारण पनि पार्टीलाई आर्थिक रुपमा सहयोग गर्ने लोभले केपी ओलीले च्यापेको आरोप समेत पार्टी भित्र लागेको छ । यहि विषयमा चितवनमा रहेका दुर्गा प्रसाईंलाई प्रश्न गर्दा उनले हाँसेर भने, “हो म व्यवसाय हो म संग पैसा छ तर पैसा हुने म मात्र हो र केपी ओलीको नजिक ? केपी ओलीलाई भेट्न सयौं म भन्दा धनी व्यवसायी आउछन नि तर किन म मात्र भएँ नजिक ? खाली नकारात्मक मात्र सोचेर हुदैन । पैसा कै लागि भएको भए प्रचण्डले पनि मलाई च्याप्थे होला नि हैन र ? मेरो काम, मैले दिएको साथ र पार्टीमा लागेर मैले समाज र देशमा योगदान पुर्याउन सक्छु भन्ने देखेर होला केपी ओलीले मलाई प्राथमिकता दिनुभएको हो ।”

    एमालेका एक नेताका अनुसार दुर्गा प्रसाईंलाई छोटो समयमा पार्टी भित्र प्राथमिकता दिनुको अर्को मुख्य कारण भनेको प्रचण्ड पनि हो । ति नेताले भने, “केपी ओलीले गरेको कम्न्युष्ट एकतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वार्थको लागि फुटाउने कोशिस गरे जुन कुरा अध्यक्ष ओलीलाई निराश बनाएको छ । यहि बेलामा प्रचण्डको खम्बा मानिने दुर्गा प्रसाईं समेत निराश बनेर ओलीको शरणमा पुगेका थिए । जब दुई व्यक्तिको दुश्मन एक भएपछी निकटता त हुने नै भयो नि । दुर्गा प्रसाईंले प्रचण्डको नकारात्मक कुरा खोतल्दा केपी ओली मात्र नभएर समग्र नेकपा एमाले खुशी भएका छन् किनकि एमाले फुट्नुको मुख्य हात प्रचण्ड कै छ ।”

    दुर्गा प्रसाईंको राजनीतिक योगदानको समेत कदर गर्दै अध्यक्ष ओलीले प्राथमिकता दिएको समेत विश्लेषण गरिएको छ । दुर्गा प्रसाईंले माओवादीलाई पनि देशको विकासको लागि वर्षौं सम्म योगदान दिए तर प्रचण्डको नेतृत्व गलत हुँदा दुर्गा प्रसाईं जस्तो व्यक्तिको योगदानको कदर नभएको देखेर समेत अध्यक्ष ओलीले दुर्गा प्रसाईंलाई प्राथमिकता दिएको बुझिएको छ ।

    दुर्गा प्रसाईंले आफूले छोटो समयमा पाएको एमाले भित्रको मायालाई कहिल्यै पनि धोका नदिने वाचा सम्म गरेका छन् । दुर्गा प्रसाईं भन्छन, “धेरैले भनेको सुनेको छु कि फाइदाको लागि दुर्गा प्रसाईं एमालेमा आयो र यदि फाईदा भएन भने फेरि प्रचण्डकोमा जान्छ भनेर । म कुनै पदको लोभले आएको होईन म देश विकासमा कुनै योगदान दिन सक्छु कि भनेर आएको हुँ । मैले यो पार्टीमा पाएको माया र प्राथमिकतालाई कदर गर्दै संधै साथ हुनेछु ।”

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.