• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

काँधमा चढेर एमाले नै सिध्याउने नेतृत्व नआओस्


  •   शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
  • नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनको सुरु हुँदैछ । नारायणी नदीको तीरमा लाखौं कार्यकर्ताको उपस्थितिमा हुने महाअधिवेशनले देशभरबाट आएका हजारौं प्रतिनिधिहरुको मतबाट सयौं नेतृत्व गर्नेहरुको छनोट गर्नेछ । यो छनोट निर्वाचनमार्फत हुन्छ या बन्दसत्रमा ताली बजाएर हुन्छ भन्ने विषयमा अझै केही भन्न सकिने अवस्था छैन । तथापि पछिल्ला केही दृश्य हेर्दा निर्वाचनमै जानेखालका संकेत भने देखिन थालेका छन् ।

    Advertisement

    देशीविदेशी हरेक शक्ति केन्द्रहरुबाट आक्रमण र घेराबन्दीको सिकार बनेको एमालेलाई नयाँ उचाइ र दिशामा पुर्याउनका लागि डिजिटल महाअधिवेशनले खेल्ने भूमिका अहम् छ । दुई सय २५ केन्द्रीय कमिटीको काँधमा महाअधिवेशनले पार्टीको भविष्य सुम्पने छ । अहिलेको अधिवेशनबाट चुनिने नेतृत्वका लागि एमालेलाई पुनर्जीवन दिने बलियो अभिभारा हुनेछ । अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा खुला गेटबाट सिंहदरवारमा एमालेलाई प्रवेश गराउने नेतृत्व हुनेछ ।

    यसपटकको अधिवेशन डिजिटलरुपमा आयोजना गर्न लागिएको छ । उद्योगपति एवम् नेपाली कांग्रेसका नेता विनोद चौधरीले प्लाष्टिकको भाडोभित्र भोट हालेको ताजा तस्विर सार्वजनिक भइरहँदा नेकपा एमालेका प्रतिनिधिहरुले स्क्रिनमा टच गरेर मतदान गर्ने भएका छन् । नेपालका मुख्य सहरहरुमा डिस्प्लेबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ । प्रचार प्रसारको काम पनि डिजिटल प्रविधिबाट भइरहेको छ । अहिलेको तयारी हेर्दा अधिवेशन स्थलमा पर्चा, पम्पलेट, तुल र ब्यानरहरुको फोहोर नहुने निश्चित देखिन्छ । अधिवेशनको स्वरुप नयाँ भएसँगै यसको सार पनि नयाँ हुने अपेक्षा गरिएको छ । जनमतको हिसाबले केही धेरै, थोरै होला । तर वैज्ञानिक व्यवस्थापन गर्नु आवश्यक हुन्छ । त्यसका लागि जनप्रतिनिधिहरुले वुद्धिमत्तापूर्ण निर्णय लिनुपर्ने देखिन्छ ।

    आफ्नै पार्टी अध्यक्षले नेतृत्व गरेको सरकार ढालेर विपक्षीको नेतृत्वमा सरकारमा जानेखालका नैतिकहीन र गैरजिम्मेवार नेताहरु फेरि पनि अधिवेशनबाट छनोट भएर गए भने पार्टीको अवस्था विस्तारै कमजोर बन्दै जान्छ ।

    सही नेतृत्वले जतिसुकै कठिन परिस्थितिमा पनि घरभित्रै रहेर लडाइँ गर्छ । आफ्नै घर भाँड्नका लागि अरु शक्तिको सहारा लिँदैन । एमालेको काँधमा टेकेर एमालेकै टाउकोमा गोली वर्षाउने या पार्टीभित्रै संघर्ष गरेर अगाडि बढ्ने ? कस्ता नेताहरु छान्ने भन्ने जिम्मेवारी छ, प्रतिनिधिको काँधमा छ । सर्वहारा जनताको मुक्ति र समाजवादको लक्ष्य पूरा गर्नका लागि अब बन्ने नेतृत्वको भूमिका प्रधान हुन्छ ।

    एमाले मुलुककै ठूलो पार्टी भएका कारण यसमा चुनौतीहरु पनि भीमकाय नै छन् । पार्टीमा आएको विभाजनले एमालेको गतिलाई रोक्न सकिन्छ भन्ने भ्रम अहिले मत्थर भएको छ । केपी ओलीले पार्टीलाई एक ढिक्का बनाएर एकमतका साथमा अगाडि बढाउन सफल भएका छन् । यो एमालेको भविष्यका लागि पनि गतिलो कुरा हो ।

    महाधिवेशनको पूर्वसन्ध्यामा केही फरक खालका दृश्यसमेत देखिन थालेका छन् । अहिलेको नेता केपी वलीलाई सर्वसम्मत अध्यक्ष बनाउने भन्ने कुरामा केही बाधा उत्पन्न भएको छ । केही पदमा सर्वसम्मत गर्ने प्रयास विफल हुने लक्षण देखिएको छ । खासगरी दश बुँदे सहमतिमा टेकेर पार्टीमा आएकाहरुलाई उचित ढंगले सहभागी गराउनु आवश्यक छ । यसरी उनीहरुलाई पनि सम्मानजनक अवस्थामा राख्न सकियो भने मात्रै पार्टी एकताको बलियो सन्देश प्रबाह हुन सक्दछ । एमाले गुटबन्दीरहित पार्टी हो भन्ने सन्देश प्रबाह गर्न सहज हुने देखिन्छ ।

    सामान्य खालका विवादबाहेक यसपटक प्रतिनिधि छनोटमा खासै असहमतिहरु सडकमा सुनिएनन् । अघिल्लो अधिवेशनमा जस्तो गुटगतरुपमा ‘समीकरण’ मिलाउने गरी पनि प्रतिनिधि छान्नुपर्ने अवस्था आएन ।

    प्रतिनिधि छनोटको प्रक्रियालाई हेर्दा एमाले एक भइसक्यो भन्ने सन्देश समेत प्रबाह भएको देखिन्छ । गुटगत राजनीतिमा मनोरञ्जन गर्ने केही नेताहरुको बहिर्गमनले एमालेभित्र एकताको सन्देश प्रबाह गरेको छ । पार्टीलाई एक भएर अगाडि वढाउनु पर्दछ भन्नेमा नेता र कार्यकर्ताहरु दृढ निश्चिन्त बनेको पाइएको छ । यसपटकको अधिवेशन विगतका अधिवेशनभन्दा अपेक्षितरुपमा एकताको अधिवेशन हुने आशा सबैमा छ ।

    प्रतिपक्षमा बसेको भएपनि नेकपा एमाले अहिलेको देशको प्रमुख पार्टी हो । जनतामा अहिले पनि यो देशमा केही गर्न सक्ने पार्टी भनेको नेकपा एमाले हो र केही गर्ने नेता भनेको केपी शर्मा ओली हो भन्ने गहिरो छाप बसेको छ । जनताको यो विश्वासलाई डगमगाउन नदिने खालको नेतृत्व अहिले आउनुपर्दछ ।

    माओवादीसँगको एकतापछि मुलुकको सबैभन्दा ठूलो पार्टी मात्रै होइन, दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्वसमेत एमालेले गर्ने अवसर पायो । जनताका अनेकानेक अपेक्षाको चाङमा उभिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनअपेक्षाभन्दा पनि माथि उठेर गरेको काम नेपाली जनताको मन मनमा बसेको छ ।

    जनादेशप्राप्त सरकारका कामप्रति केही सीमित नेताहरुको अफबाह फैलाएर पार्टी विभाजन गर्नेसम्मको काम गरे । तर एमालेको सिद्धान्तबाट विचलित नभएर अधिकांश नेता कार्यकर्ताहरु एमालेमै रहे । यसरी कुनै एकको बहुमत छ भनेर भन्दा पनि सबैलाई कसरी व्यवस्थापन गरेर पार्टी एक भएको सन्देश प्रबाह गर्न सकिन्छ भन्नेमा यो अधिवेशन फलदायी सावित हुन सकोस् । साभर नेपाल प्रेश बाट

     

    शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.