• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमाले महाधिवेशन : ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता


  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
  • चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार भव्य बन्यो । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा शुक्रबार लाखाैँ  मानिस सहभागी भएका थिए ।

    Advertisement

    एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन गर्नुअघि नै राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरी राजनितिक दलहरुमाथि प्रतिबन्ध लगाइदिएपछि एमालेका महाधिवेशन पूरा हुन पाएको थिएन ।

    एमालेको चाहना ६१ वर्षपछि पूरा भएको छ । एमालेबाट माधवकुमार नेपालसहितका केही नेता छुट्टिएपछिको एमालेको पहिलो महाधिवेशन चितवनमा भएको हो । चितवनमा जनसागर सहभागी हुनेगरी महाधिवेशन गर्ने मुख्य जिम्मेवारी एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल ‘पार्वती’ले पाइन् । चितवनमै भएको कार्यक्रम भएकाले जिल्ला अध्यक्षको भूमिका महत्वपूर्ण थियो ।

    देशभरका ७७ वटा जिल्ला कमिटीमध्ये महिला अध्यक्ष भएको जिल्ला कमिटी पनि चितवन मात्रै हो । महिलाले कमाण्ड गरेको एमाले जिल्ला कमिटीले केन्द्रीय नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्न सफल भएको छ । रावल राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत हुन् ।

    प्रमुख प्रतिपक्षी दलको महाधिवेशन चितवनमा भइरहँदा देशको ध्यान चितवनमै छ । महाधिवेशनको बन्दसत्र आजदेखि सौराहामा सुरु हुँदैछ ।

    आयोजक जिल्लाको हिसाबले पनि सकेसम्म कमजोरीरहीत महाधिवेशन गर्न धेरै समिति निर्माण गरेर काम गरिएको रावलले बताइन् । ‘यहाँ रहनुभएका केन्द्रीय तहका नेता, जिल्ला तहका नेता, जनवर्गीय संगठन । यहाँका सुरक्षा निकाय । अन्य दलसँग पनि हाम्रो सहकार्यका साथ महाधिवेशनलाई भव्य बनाउन सफल भयौँ’, उनले भनिन् ।

    महाधिवेशन सफल बनाउन सञ्चार माध्यमले पनि राम्रो भूमिका खेलेको उनी बताउँछिन् । यहाँको अर्थतन्त्र उकास्नका लागि पनि महाधिवेशन सफल बनेको उनको भनाइ छ । महाधिवेशनका कारण यहाँको थला परेको पर्यटन गतिविधि पनि चलायमान भएको छ ।

    बुटबलमा तय भएको महाधिवेशन अन्तिम समयमा पुगेर ४ कात्तिकमा चितवनमा गर्ने एमालेले निर्णय गरेको थियो । चितवनमा महाधिवेशन गर्ने निर्णय भएपछि यहिँ निर्वाचन क्षेत्र भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ‘सिध्याउनकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको’ बताउँदै आएका थिए ।

    महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डलाई एमालेले निमन्त्रणा गरेको थियो । तर, उनी आएनन् । प्रतिनिधिका रुपमा लिलामणी पोख्रेललाई पठाए । एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका अध्यक्ष, विदेशी पार्टीका प्रतिनिधि सहभागी भए ।

    पछिल्लो १५ दिन व्यवस्थापनमा अल्लि बढी खटिनु परेको रावलले बताइन् । ‘पाँच लाख जनता उतार्ने एउटा चुनौती थियो र त्यहि अनुसार अल्लिबढी ध्यान दिएका थियौँ’, उनी भन्छिन्, ‘हामीले जिल्लाबाट (चितवनबाट) मात्रै कम्तिमा एक लाख सहभागी गराउने भनेका थियौँ । त्यो लक्ष्य पनि पूरा भएको हामीले पाएका छौँ ।’

    महाधिवेशनका लागि चितवन एमालेले जनताको घरघरमा पुगेर भोट माग्ने शैलीमा निमन्त्रणा कार्ड बाँडेको थियो । ‘जिल्ला नेतृत्वमा रहिरहँदा सबै नेता, सबै निकायको सहकार्य र सहयोगले मलाई कुनै अफठ्यारो भएन । मैले यसो गरौँ भन्दा सबैको साथ रह्यो’, उनले भनिन् ।

    पूर्वबाट आएका गाडी टिकौलीमा र पश्चिमबाट आएका गाडी गैंडाकोट थुम्सिमा अड्किएका थिए । व्यवस्थापन र सहभागिताका हिसाबले महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न गर्न सफल बनिएको उनी बताउँछिन् ।

    ‘निजी गाडीमा आउनुभएका गाडी लिएरै कार्यक्रम स्थलको नजिकै जान खोज्दा पनि ट्राफिक व्यवस्थापनमा केहि  कठिनाइ भयो’, उनले भनिन्, ‘साँघुरो बाटोमा धेरै सहभागीका कारण चाँहि असुविधा भएको सूचना प्राप्त भयो ।’ मञ्चबाट टाढा बस्ने सहभागीका लागि ठाउँ–ठाउँमा डिस्प्ले राखेर लाइभ प्रसारण गरिएको थियो ।

    महाधिवेशनका लागि उर्लिएको जनसागरका कारण नारायणगढ र भरतपुर क्षेत्रमा शुक्रबार दिनभर यातायात ठप्प बन्यो । जिर्ण नारायणी पुलमा समेत मान्छेको ठेलमठेल रहेको थियो । महाधिवेशनबाट फर्किएका गाडीका कारण शुक्रबार राति १० बजेसम्मै सडकमा सवारी साधनको लामो जाम लागेको थियो । न्युज कारखाना

    शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.