• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विद्युतीय गाडीको दौडमा टोयोटा, २३ प्रकारको इलेक्ट्रिक मोडल निकाल्ने निसानको तयारी


  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
  • एजेन्सी । कार्वन उत्सर्जन घटाउन चर्को दबाब पर्न थालेपछि विश्वका ठूला अटो कम्पनीहरुले धमाधम विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) उत्पादनतिर आफ्नो ध्यान केन्द्रीत गरेका छन् । पछिलो समय अटो कम्पनीहरुले विद्युतीय गाडीको उत्पादनमा धमाधम लगानी बढाउन थालेका हुन् ।जापानका ठूला अटो कम्पनी निसान र टोयोटा मोटर्सले विद्युतीय गाडी उत्पादनको  योजना सार्वजनिक गरेका छन् ।

    Advertisement

    जापानको ठूलो अटो निर्माता निसान मोटर कम्पनी लिमिटेडले आगामी पाँच वर्षमा आफ्नो ‘एम्बिसन २०३०’ को ग्राण्ड योजना अन्तर्गत १७ अर्ब ६० करोड अमेरिकी डलर विद्युतीय गाडीको क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ ।

    कम्पनीले उक्त लगानी नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) तथा ब्याट्री प्रविधि विकासमा खर्च गर्नेछ । कम्पनीले २०३० सम्म १५ वटा नयाँ ईभी विकास गर्ने घोषणा गरेको हो ।

    कम्पनीले उक्त अवधिसम्म आफ्नो आधा उत्पादनलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी ८ वर्षमा २३ वटा विद्युतीय वाहन विकास गर्ने र त्यसमा पनि २० वटा आगामी पाँच वर्षभित्रमै विकास गरिसक्ने बताएको हो । कम्पनीले २०३० सम्म विद्युतीय सवारी मिश्रित बजार विकास गर्ने बताएको हो ।

    जसमध्ये युरोपको बजारलाई ७५ प्रतिशत विद्युतीय गर्ने लक्ष्य लिएको छ । यसैगरी जापानको बजारलाई ५५ प्रतिशत, ४० प्रतिशत अमेरिका र चीनलाई विद्युतीय गर्ने योजना लिएको हो ।

    कम्पनीले विद्युतीय बाहेकका अन्य गाडीलाई भने इन्टरनल कम्बसन इन्जिन (आईसीई) गाडीहरुका रुपमा विकास गर्ने बताएको छ । २०३० सम्ममा सबै गाडीहरुलाई विद्युतीयकरण गरे पनि निसानको हकमा आईसीई भेहिकल उसको ‘लिगेसी मोडल’ हो ।

    निसानले आफ्ना सबै ईभीहरु २०२८ सम्म अल सलिड स्टेट ब्याट्री (एएसएसबी) का साथ सार्वजनिक गर्ने बताएको छ । कम्पनीले २०२४ को सुरुवातमा योकोहामा शहरमा यसको पाइलट परीक्षणसमेत गर्ने बताएको छ । यो प्रविधिमा बनेका ब्याट्रीहरु एकदमै चाँडो चार्ज हुन्छन् ।

    साथै, कम्पनीले २०२८ सम्म ब्याट्री प्याकको मूल्य पनि प्रति किलोवाट आवर ७५ डलरबाट ६५ डलरमा घटाउने अपेक्षा गरेको छ । ब्लुमबर्गका अनुसार ब्याट्रीको सो नयाँ मूल्य २०२० को तुलनामा आधाले सस्तो हुनेछ ।

    यसबाहेक कम्पनीले आफ्नो प्रोपाइलट ड्राइभर असिस्टेन्स प्रविधिलाई निसानका २५ लाख युनिट र इन्फिनिटी भेहिकलमा  विस्तार गर्ने योजना लिएको छ । कम्पनीले २०३० सम्म आफ्नो प्रत्येक नयाँ मोडलमा नयाँ जेनेरेसनको एलआईडीआर सिस्टम पनि प्रयोग गर्ने बताएको छ ।

    निसानको पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस घोस्नको गिरफ्तारीमा लगातारको लडाई जस्ता आन्तरिक द्धन्द्धका बीच कम्पनीले नयाँ योजनाहरु ल्याएको हो ।

    यसबाहेक महंगा, प्रिमियम फ्लेगसिप गाडीहरुको निर्माणकर्ता कम्पनी टोयोटा मोटर कम्पनीले पनि विद्युतीय गाडीको रेसमा प्रवेश गरेको छ । टोयोटाले भर्खरै आफ्नो पहिलो अल इलेक्ट्रिक भेहिकल बीजेडफोरएक्स, सार्वजनिक गरेको छ ।

    यो पाँच सिट भएको प्यासेन्जर कम्प्याक्ट एसयूभी हो । टोयोटाको बीजेडफोरएक्सबारे चर्चा त अटो बजारमा लामो समयदेखि चलेको हो । तर कम्पनीले भर्खरै जापानी बजार भर्सन बजारमा सार्वजनिक भएको हो ।

    के हो टोयोटा बीजेडफोरएक्स ?

    टोयोटाको बीजेडफोरएक्स पूर्णरुपमा विद्युती एसयूभी हो । यसको आकार कम्पनीको अत्याधिक बिक्री भएको एसयूभी कम्प्याक्ट ¥याभ फोरको जस्तै छ । यस मोडलको नामको पछाडी रहेको बीजेडको अर्थ ‘यिबोण्ड जेरो’ हो । जसले २०५० सम्म कार्बन न्युट्रल हुने टोयोटाको उद्धेश्यलाई जनाउँछ ।

    टोयोटाको पहिलो ईभी भनिए पनि प्राविधिक रुपमा कम्पनीको यो नै पहिलो ईभी होइन । करिब एक दशक अघि कम्पनीले ¥याभ फोर ईभी नामको विद्युतीय एसयूभी निर्माण गरेको थियो ।

    यसैगरी कम्पनीले  १९९७ मा पनि अर्को विद्युतीय भर्सन ¥याभ फोर निर्माण गरेको थियो । तर ती दुबै मोडलहरु बजारमा सिमित उपलब्ध थिए । तर २०२३ को बीजेडफोरएक्स भने एकदमै अत्याधुनिक ईभी हुनेछ जुन मूलधारको आकर्षण बन्ने छ ।

    कम्पनीले यस मोडललाई २०२२ को मध्यसम्मा बजारमा ल्याउने बताएको छ । तर यसको विस्तृत जानकारी भने अझै आउन बाँकी छ ।
    टोयोटाले यो बजारमा एकदमै प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने बताएको छ । यसको मूल्य ४० हजार डलरको रेन्जदेखि सुरु हुन सक्ने कम्पनीको भनाई छ ।

    मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.