काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएकोराप्रपाको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ ।
महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले निर्वाचनमा नलड्ने बताइसकेका छन् ।
