• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

हालसम्मकै सबैभन्दा बढी बिजुली उत्पादन, ५ महिनामै थपियो ५८३ मेगावाट


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएयता राष्ट्रिय प्रणालीमा ५८३ मेगावाट बिजुली थप भएको छ ।  बिजुली उत्पादनमा यो वर्ष ऐतिहासिक रेकर्ड कायम भएको छ । साउनयता सार्वजनिक तथा निजी लगानीका विभिन्न ९ वटा आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाणमा बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    Advertisement

    योसमेत गरी बिजुली उत्पादनको जडित क्षमता २ हजार मेगावाट नाघेको छ । चालू आर्थिक वर्षमा सरकारले १६०० मेगावाट थप बिजुली उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा नभए पनि यो वर्ष सबैभन्दा बढी बिजुली थपिने भएको हो  । सरकारले चालू आर्थिक वर्षमा बिजुली उत्पादन बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।

    ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि यो वर्ष बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । माथिल्लो तामाकोसी बाहेक सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सिंगटी खोलाबाट २५ मेगावाट बिजुली उत्पादन गरेको छ ।

    यस्तै रिचेत जलविद्युत कम्पनीले रिचेत खोलाबाट ५, समलिङ पावरले माइबेनीबाट ९.५, मनाङ ट्रेड लिंकले तल्लो मोदीबाट २० मेगावाट, एसियन हाइड्रोपावरले तल्लो जोगमाइबाट ६.२ मेगावाट र ग्रिनभेन्चर्स लिमिटेडले लिखु ४ आयोजनाको ५२.४ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको प्राधिकरणले जानकारी दिएको छ ।

    यसबीचमा दुइवटा सोलार आयोजनाबाट ९ मेगावाट बिजुली थप भएको छ । अपी पावर कम्पनी लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट र सोलार फार्मले तनहुँको वेलचौतारीमा ५ मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडेका छन् ।

    निजी लगानीबाट निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुने क्रम बढेको छ । यस्तै विद्युत प्राधिकरणले सहायक कम्पनीहरुबाट निर्माण गरिरहेको ५७ मेगावाटका माथिल्लो तथा तल्लो सान्जेन र १११ मेगावाटको रसुवागढीबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

    यस्तै बुटवल पावर कम्पनीले सहायक कम्पनीबाट निर्माण गरिरहेको ३० मेगावाटका न्यादी जलविद्युत आयोजना सम्पन्न हुने चरणमा रहेका छन् । यस्तै लिवर्टी इनर्जीले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी र हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला आयोजनाबाट यो वर्ष बिजुली उत्पादन हुने छ ।

    दोर्दीले पुसदेखि बिजुली उत्पादन गर्ने जानकारी दिएको छ । यस्तै ४० मेगावाटको खानीखोला आयोजना पनि यो वर्षभित्र सम्पन्न हुने ग्रिन लाइफ हाइड्रोपावरले जनाएको छ ।  कोराना महामारीले अवरुद्ध अधिकाँश आयोजनाको काम अन्तिम चरणमा पुगेकाले प्रणालीमा जोडिने क्रम बढेको हो ।

    माथिल्लो तामकोसी सञ्चालनमा आएपछि विद्युत प्राधिकरणले बिजुली बढी भएको भन्दै खपत बढाउन उद्योगहरुलाई अनुरोधसमेत गर्नुपरेको थियो । सुख्खायाम सुरु भएकाले विस्तारै बिजुली उत्पादन घट्दै गएको छ ।

    हाल पिकआवरमा बिजुलीको माग १४०५ मेगावाट छ । यसबीचमा भारतमा ६३ मेगावाट निर्यात गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका आयोजनाहरुबाट ५०८, सहायक कम्पनीहरुबाट ४३२, निजी क्षेत्रबाट ४६५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ ।

    यस्तै सरकारले ल्याएको प्रतिस्थापन बजेटमा २०० मेगावाट माथिका ठूला अर्धजलाशय तथा जलाशय आयोजनालाई १५ वर्ष पूरै र ६ वर्ष आधा कर छुट दिने व्यवस्था गरेको छ ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.