• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आईएफआईसी र चौधरीबीच सेयर खरिदबिक्री सम्झौता, नबिलले बंगलादेश बैंकलाई मर्ज गर्ने सर्त


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर बिक्री गरेर नेपालबाट बाहिरिन खोजेको बंगलादेशी साझेदार आईएफआईसी बैंकको सेयर उद्योगपति विनोद चौधरीले किन्ने भएका छन् ।

    Advertisement

    उद्योगपति चौधरी र आईएफआईसीबीच संस्थापक सेयर खरिदबिक्री सम्झौता (पर्चेज एग्रिमेन्ट) हुने भएको छ । खरिद रकम भने खुलाइएको छैन । चौधरी र आईएफआईसीबीच एक साताभित्रै नेपाल बंगलादेश बैंकको सेयर किन्ने सम्झौता हुन लागेको हो ।

    नेपाल राष्ट्र बैंकले एनबीलाई नबिलमा मर्ज गर्ने सर्तमा चौधरीलाई सो सेयर खरिद गर्न अनुमति दिएको हो । आइएफआइसीको एनबी बैंकमा ४०.९१ प्रतिशत स्वामित्व रहेको छ । यो साधारणभा गर्नु अघिको हो । मंसिर २ गते सम्पन्न साधारणसभाले १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि आइएफआईसीको सेयर संख्या बढ्ने छ ।

    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । यसअघि उसले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक बिक्रीको प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि आईएफआइसीको सेयर संख्या झण्डै ४५ लाख कित्ता बढ्ने छ ।

    सम्झौता राष्ट्र बैंकबाट स्वीकृति गरेपछि कार्यन्वयनमा आउने छ । एनबी बैंकलाई नबिलसँग मर्ज  गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय बैंकले चौधरीलाई आईएफआईसीको स्वामित्वमा रहेको सेयर किन्न अनुमति दिएको हो ।

    आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । आईएफआईसीले सूचना प्रकाशित गरेपछि एनबीकै संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठ समूहले सेयर खरिदका लागि प्रस्ताव पेस गरेको थियो ।

    आईएफआईसीले संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्जमा जान एनबी बैंकलाई मर्जमा जान दबाब परे छ । एनबीमा लक्ष्मीबहादुर समूहको १०.७२ प्रतिशत सेयर हिस्सा छ । यस्तै सर्वसाधारणको ४८.३७ प्रतिशत छ । बाँकी बंगलादेशी बैंकको छ ।

    बैंकको ३७१ औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो ।
    सेयर किन्न प्रस्ताव गर्ने लक्ष्मीबहादुरलाई आईएफआईसीका प्रतिनिधिले नबिलसँग मर्जमा जानका लागि सहयोग गर्न भनेका थिए ।

    आईएफआईसीले एनबीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्ज हुने हल्ला चलेको थियो ।  यसअघि पनि नबिलसँग मर्ज गर्ने भन्दै एनबीको सेयर मूल्यमा उछाल ल्याइएको थियो ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.