• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘घुमिफिरी लाइसेन्स राजमा आइपुग्यौं, आर्थिक सुधारमा ठूलो चुनौती’


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • राजनीतिक परिवर्तनपछि २०४८ सालमा बनेको सरकारले आर्थिक सुधारको काम थालनी गरेको हो । उक्त सुधारले नेपालमा लाइसेन्स राजको अन्त्य गरेको थियो । त्यसअघि विसं २००८ को बजेट पनि आफैंमा आर्थिक सुधारको सुरुवात थियो । त्यसअघि बजेट ल्याउने चलन थिएन । तजबिजमा राजस्व उठाउने र खर्च गर्ने प्रचलन थियो । सो बजेटले पनि राजपरिवारका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । राजस्व उठाउने र खर्च गर्ने कुरा सिस्टमबाट हुनुपर्छ भनेको थियो । २०१७ सालमा राजा महेन्द्रले शासन लिने बेला ५ करोड ६७ लाख रुपैयाँ बजेट दरबारलाई छुट्टाइएको थियो ।

    Advertisement

    २०१६ सालमा जननिर्वाचित सरकारको तर्फबाट तत्कालीन अर्थमन्त्री सुवर्ण शम्शेर राणाले बजेट ल्याउनु भएको थियो । त्यस बेलाको मुख्य सम्पत्ति भनेको जमिन थियो । भू–स्वामित्वमा ठूलो असमानता थियो । कतिपय व्यक्तिका हातमा हजारौं बिघा जग्गा थियो । जननिर्वाचित सरकारले ३ महिनाभित्र बिर्ता उन्मूलन ऐन संसद्बाट पारित गरेको थियो । जुन सुधारको एउटा ठूलो प्रयास थियो । अहिले हामीले ३ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन सकेका छैनौं ।

    त्यसपछि आएको पञ्चायतकालमा कीर्तिनिधि विष्ट र यादवप्रसाद पन्तको पालामा सुधार हुन सकेन । २०१७ देखि २०३७ सालसम्म नेपालीको प्रतिव्यक्ति आय १४० डलरबाट बढ्न सकेन । पञ्चायतकालमा सुधारका लागि कुनै आँट गरिएन । शक्ति थियो तर सुधार गर्नका लागि इच्छाशक्ति थिएन ।

    २०४८ सालमा आएर शक्ति र इच्छाशक्ति दुवै  भएको जननिर्वाचित सरकार बन्यो । त्यतिखेर सरकारले लाइसेन्स राजको अन्त्य गरी सबै क्षेत्र खुला ग¥यो । २०४८ पछि बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत्मा निजी लगानी खुल्यो । एयरलाइन्स खोल्न पाउने व्यवस्थालगायत सबैको लाइसेन्स खोल्न त्यहीँ सुरु गरिएको हो । अहिले धेरै ठाउँमा घुमिफिरी फेरी त्यही लाइसेन्स राजको अवस्था आएको छ । यो नै पहिलो र ठूलो चुनौति हो । जसले गर्दा धेरै अपारदर्शी काम भएका छन् । के गरेर अघि बढ्ने भन्ने स्पष्टता छैन ।

    २०४८ सालमा आएर शक्ति र इच्छाशक्ति दुवै  भएको जननिर्वाचित सरकार बन्यो । त्यतिखेर सरकारले लाइसेन्स राजको अन्त्य गरी सबै क्षेत्र खुला ग¥यो । २०४८ पछि बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत्मा निजी लगानी खुल्यो । एयरलाइन्स खोल्न पाउने व्यवस्थालगायत सबैको लाइसेन्स खोल्न त्यहीँ सुरु गरिएको हो ।

    अर्को कुरा सार्वजनिक खरिद र सार्वजनिक संस्थान दुवैमा  पारदर्शीता छैन । संस्था बनाउनेबित्तिकै काम नहुने रहेछ । स्थानीय तहबाट हामीले ‘गाइडलाइन’ देऊ भनेर माग भइरहेको छ । २०४८ सालमा गाउँमा विकास लैजाने भनेर ठेक्कामा स्थानीय निर्माण व्यवसायीलाई सहुलियत दिएका थियौं । अहिले जोसँग स्काभेटर छ अहिले उही नै ठेकेदार भएको छ । उसैले सडक निर्माण गरिरहेको छ ।

    अहिले लगभग ७० हजार किलोमिटर सडक बनेको छ । यसरी स्थानीयस्तरमा बनेका सडक कालोपत्रे गर्न मात्र १४ खर्ब रुपैयाँ चाहिने भएको छ । देशभरि डाँडाहरू कोतरिएका मात्र छन् । यो दुष्चक्रमा हामी फस्न पुगेका छौं । अर्कोकुरा भारतसँगको सीमा क्षेत्रमा जसको पेट्रोल पम्प छ ऊ कुनै न कुनै राजनीतिक दलसँग आबद्ध भएको पाइएको छ । यसले पनि राजनीतिलाई कमजोर बनाएको छ । त्यसैले सार्वजनिक योजना कसरी छनौट गर्ने र यसलाई कसरी पारदर्शी बनाउने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ ।

    आर्थिक वर्षको ६ महिनामा ३७ प्रतिशत बजेट रकमान्तर हुने गरेको छ । आयोजना छनौट गर्नासाथ बन्छ भन्ने ग्यारेन्टी हुँदैन । यसरी बीचमा आएर ठूलो रकम रकमान्तर हुने परिपाटीमा परिवर्तन गर्नुपर्ने भएको छ । त्यसैले सरकारले गरेको सार्वजनिक खरिददेखि सबै काम पारदर्शी हुनुपर्छ । सार्वजनिक सम्पत्तिको जर्गेना कुरामा पनि सोच्नुपर्ने अवस्था आएको छ ।

    जस्तो जलविद्युत् आयोजना ३० वर्षपछि कसरी सरकारको मातहतमा ल्याउने भनेर ग्यारेन्टी गरिएको छैन । खानी, उद्योग, सिमेन्ट कारखाना बनेका छन् । यसमा पनि सार्वजनिक सम्पत्ति छ । तर, सोचिएको छैन ।

    नेपाल राष्ट्र बैंक ठूलो सार्वजनिक संस्था हो । यसले राम्रोसँग काम गरेन र नेतृत्वमा बस्नेले गलत प्रयोग गर्यो भने समस्या आउँछ । यस्तै सेयर बजारमा गलत प्रयोग भयो भने के हुन्छ ? इन्साइडर ट्रेडिङ भयो भने के हुन्छ ? यसको जर्गेना कसले गर्ने ? त्यहाँको नेतृत्वमाथि विश्वास भएन भने ४० खर्ब रुपैयाँ लगानी के हुन्छ ? यी सबै कारणले गर्दा पनि सार्वजनिक संस्थानको जर्गेना गर्नुपर्ने दायित्व छ ।

    तरलताको कुरा आउँदा सरकारले विकास खर्च गरेन भनेर मात्र देखाउने गरिएको छ । सरकारले कसरी खर्च गरिरहेको छ, सबैलाई जानकारी छ । नभएको भए पनि १० वर्ष भयो अब त जानकारी हुनुपर्ने हो । सरकारले आजको भोलि पुँजीगत खर्च बढाउन सक्दैन होला । उसको त्यो जिम्मेवारी छँदैछ । त्यो हेरेर तरलताको योजना बनाउनु पर्छ । तरलता धेरै भयो भनेर जथाभावी लिइदिने र कम हुन थालेपछि ब्याजदर बढाइदिने गर्न हुँदैन ।

    बैकिङ क्षेत्रको कुरा गर्दा केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण हुन्छ । त्यो भनेको देशको समष्टिगत अर्थतन्त्र राम्रो होस्, ब्याजदर र मुद्रास्फिती स्थिर होस् भन्ने हो । यसर्थ केन्द्रीय बैंकलाई स्वतन्त्रता, स्वायत्तता दिइएको छ । केन्द्रीय बैंकको मुख्य भूमिका वित्तीय स्थिरता कायम गर्नु हो । ब्याजदर ८ प्रतिशतबाट बढाएर १४ प्रतिशत पुर्याउने, फेरि ८ मा ल्याउने, ७ प्रतिशतमा ल्याउने भन्ने कुरा सह्य हुन सक्दैन ।

    तरलताको कुरा आउँदा सरकारले विकास खर्च गरेन भनेर मात्र देखाउने गरिएको छ । सरकारले कसरी खर्च गरिरहेको छ, सबैलाई जानकारी छ । नभएको भए पनि १० वर्ष भयो अब त जानकारी हुनुपर्ने हो । सरकारले आजको भोलि पुँजीगत खर्च बढाउन सक्दैन होला । उसको त्यो जिम्मेवारी छँदैछ । त्यो हेरेर तरलताको योजना बनाउनु पर्छ । तरलता धेरै भयो भनेर जथाभावी लिइदिने र कम हुन थालेपछि ब्याजदर बढाइदिने गर्न हुँदैन ।

    (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले नेपाल आर्थिक पत्रकार समाजको रजतजयन्तीका अवसरमा गरेको सम्बोधनको सम्पादित अंश)

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.