• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मन्त्री प्रेम आलेले भने–म स्पीड रकेटजस्तो छु, तर कर्मचारी थोत्रा ट्वीनटरजस्तो भए


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।

    Advertisement

    पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।

    पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे ।

    मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो, त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् । म रकेटको स्पीडमा काम गर्न खोज्दैछु, मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनटरजस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।’

    नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए । सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।

    साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।

    पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए । त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.