• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विकासमा उच्च प्राथमिकता पाउदै भरतपुर महानगरपालिका


  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
  • चितवन : भरतपुर महानगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै पूर्वाधार विकासमा उच्च प्राथमिकता पाएको छ । तत्कालिन उपमहानगरपालिका, नगरपालिका र गाउँविकास समिति मिलाएर बनाइएको महानगरपालिका भित्र चितवन क्षेत्र नं २ र ३ का केही वडा पर्दछन् ।

    Advertisement

    चितवन क्षेत्र नं ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । संघीय र प्रदेश मन्त्रालय तथा महानगरपालिकाले यहाँको पूर्वाधार विकासमा उच्च प्राथमिकता पाएको देखिन्छ । महानगरपालिकाले अध्यक्ष प्रचण्डका उपस्थितिमा संघीय मन्त्री, सचिव, विभागका महानिर्देशकलाई यहाँ आमन्त्रण विकास बहस एवं छलफलसमेत गर्दै आएको छ । यसको प्रभाव यहाँको विकासमा परेको पाइन्छ ।

    महानगरपालिकाभित्र बन्दै गरेको सिटिहल, पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक, महानगरको रिङ्रोड, लिङक रोड, अन्य सडक कालोपत्र, नारायणी नदी किनारको विकास, खानेपानी, नारायणी नदी तटबन्धन जस्ता विकासका काम यहाँ भएका छन् ।

    महानगर प्रमुख रेनुका अनुसार विगत चार वर्षका अवधिमा ६१० किलोमिटर सडक कालोपत्र तथा ४५० किमी सडकमा ग्राभेल गरिएको छ । यो स्थानीय तहमा भएको सबैभन्दा बढी रहेको महानगरले जनाएको छ । सङ्घीय सरकारको सहयोग तथा महानगरपालिकाका पहलमा नेपालकै सबैभन्दा लामो ८८.६ किमी महानगरीय चक्रपथ रु आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन सहरी विकासबाट १० किमी, प्रदेश सरकारबाट ८.५५ किमी, सडक विभागबाट १२ किमी. र महानगरबाट १० किमी गरी जम्मा चक्रपथ निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु एक अर्ब ९८ करोड ७३ लाखको लागतमा तीव्र गतिमा काम भइरहेको छ ।

    साथै बाइपास चार लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहको उहाँको भनाइ छ । यसैगरी हुलाकी सडकको १९ किमी विस्तार एवं स्तरोन्नति र भरतपुर –मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
    भरतपुर महानगरपालिका वडा नं ३ मा सार्वजनिक निजी साझेदारीविधि (पिपिपि) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रियसभा–सम्मेलन गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्यअनुरुप महानगरपालिकाको पहल एवं सहरी विकास मन्त्रालयबाट रु एक अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माणकार्य द्रुत गतिमा अघि बढेको महानगरप्रमुख रेनुले जनाकारी दिनुभयो ।

    केन्द्रीय बसपार्कको स्तरोन्नति, शारदानगर, जखडिमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली र धनगढा खानेपानी आयोजना महानगरभित्रका महत्वपूर्ण आयोजना हुन । भरतपुर महानगरपालिका–३ स्थित नगर वनको सानो मजुवामा करिब रु एक अर्ब ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणको प्रक्रिया अघि बढाइएको छ । महानगरपालिका–२१ र वडा नं २० मा लघु औद्योगिक ग्राम कार्य अगाडि बढेको छ ।

    नारायणी नदी किनारलाई सामुन्द्रिक तटिय ढाँचामा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा एक किमी वाकिङ ट्रेल निर्माण सम्पन्न गरेको छ ।

    साथै अन्य कामको लागि पर्यटन विभागबाट रु सात करोडको बोलपत्र भई कार्य अघि बढेको महानगरपालिकाले जनाएको छ । भरतपुर अस्पतालमा रु पाँच करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर, भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शय्याको अस्पताल र शारदानगर स्वास्थ्य चौकीमा १५ शय्या क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिँदै छ ।

    फोहरमैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । रु एक अर्ब २५ करोड लागतमा यही पुस १५ गतेभित्र सम्झौतामार्फत वैज्ञानिक फोहर व्यवस्थापनको कार्य थालनी हुने उहाँले बताउनुभयो ।

    महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहँुच मार्गसहितको रानीपोखरी पार्क रु २५ करोड ५ लाख ९८ हजारमा ठेक्का सम्झौता भई काम अगाडि बढी सम्पन्न हुने चरणामा रहकोे छ । साथै खुल्ला जिमखाना, हरियाली प्रवद्र्धनलगायतका वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको महानगरले जनाएको छ ।

    महानगरमा स्मार्ट सडक बत्ती योजना तथा १९ किमी भूमिगत विद्युत्लाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने ३० किलोमिटर सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ । महानगरभित्र जनप्रतिनिधि आएसँगै ११ वटा वडाकार्यालय निर्माण सम्पन्न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ । भने बाँकी सबै वडा कार्यालयको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइएको छ ।

    महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू पोइन्ट निर्माण गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम भइरहेको छ । गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ । देवघाटमा रु नौ करोड ९० लाखको लागतमा अत्याधुनिक शवदाह गृह निर्माणाधीन रहको छ ।

    महानगरपालिकाको पहलमा धुर्मुश–सुन्तली फाउण्डेसनले यहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरेकोमा हाल काम रोकिएको छ । यसलाई सम्पन्न गर्न महानगरले अग्रसरता लिएर छलफल सुरु गरेको दाहाल बताउनुहुन्छ । महानगरकै अगुवाइमा छलफलपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढेको छ ।

    प्रमुख रेनुले सबैको साथ र सहयोगका कारण स्थानीय तहमा महानगर विकास निर्माणका काममा अग्रणी हुन सफल भएको दाबी गर्नुभयो । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भौतिक निर्माणसँगै अन्य विकासका सूचकमा पनि महानगर अग्रणी रहेको बताउनुभयो ।

    आन्तरिक आम्दानी बढाउनका लागि आवश्यक गृहकार्य गरेकै कारण लक्ष्यअनुरुप काम हुन सकेको उहाँको भनाइ छ । छोटो समयमा भौतिक पूर्वाधारमा धेरै गर्न सकिएको उहाँले दाबी गर्नुभयो । महानगरपालिकाले नारायणी नदी तटबन्धन गरी त्यहाँ संरक्षण हुने ठूलो भू–भागलाई सदुपयोग गर्ने गरी कामअघि बढाउन थालेको पहल सार्थक भएको जनाएको छ । युले गर्दा समग्र पश्चिम चितवन सुरक्षित हुने र महानगरको विकासमा टेवा पुग्ने बताइएको छ ।

    बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.