यही मिति मंसिर १२, १३,१४ र १५ गते तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्याक्ट क्लब अफ कावासोती, सामर्थ्य एफएम ९२.१, मध्यबिन्दु आँखा उपचार केन्द्र , जीवनसिटी अस्पताल लगायत विभिन्न संस्थाहरुको सहयोगमा कावासोती १६, डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा चार दिने निःशुल्क मोतियाविन्दुको अप्रेशन शिविर सम्पन्न भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँकी लिना बज्राचार्यको नेतृत्वमा डा. अनिमा देसार, डा. क्षितिज जङ्ग सो लगायत १५ जनाको समूह तथा शिविर कमाण्डर महेश पराजुलिज्युको संयोजकत्वमा भएको उक्त शिविरमा १८३ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेशन भएको छ ।
उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभरनर रोटरीयन रवीन्द्र पियाज्यूको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रम रोटरी क्लव अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाको अध्यक्षतामा सुरु भएको थियो । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका र बौंदीकाली गाउँपालिकाबाट बिरामीहरु
करिब १००० जना भन्दा बढीको आँखा जाँच गरिएकोमा २०० जना भन्दा बढीमा मोतियाविन्दुको समस्या देखिएको थियो जसमध्ये १८३ जनाको निशुल्क अप्रेसन गरिएको थियो । बाँकिको स्वास्थ्य समस्याका कारण हाललाई अप्रेसन गर्न नसकिएको कुरा क्लवका अध्यक्ष जीवनराज सापकोटाले बताउनु भयो।
यस कार्यक्रमलाई यहाँसम्म ल्याउन रोटरी क्लब कावासोतिका संस्थापक अध्यक्ष रोटरीयन भरत शर्मा पोख्रेलले तिलगंगा आँखा प्रतिष्ठानसँग विगत लामो समयदेखि पहल गर्नु भएको थियो र क्लबले आउँदा बर्षहरुमा पनि यो कार्यक्रमको निरन्तरताका लागि तिलगंगा सित प्रस्ताव गरेको छ ।
शिविरमा आउनु भएका सम्पूर्णमा बिरामीहरूको निःशुल्क रुपमा सुगरको जाँच, ब्लडप्रेसरको जाँच र कोभिड १९ को जाँच गरी निःशुल्क रुपमा औषधि र चस्मा पनि प्रदान गरिएको रोट्रयाक्ट क्लब अफ कावासोतीका सस्थापक अध्यक्ष परमानन्द गौतमले जानकारी गराउनुभयो ।
कावासोतीमा ४ दिने निशुल्क मोतियाबिन्दुको अप्रेसन शिविर सम्पन्न
कावासोतीमा ४ दिने निशुल्क मोतियाबिन्दुको अप्रेसन शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
