गुहेश्वरी मर्चेंण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०% बोनस र ०.५२६३% नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ मंसिर १५ गते बुधवार अपरान्ह ५ बजे बसेको संचालक समितिको २३३औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको रु.८६ करोड ४० लाख को १०% अर्थात रु.८ करोड ६४ लाख बराबरको बोनस शेयर तथा ०.५२६३% अर्थात रु.४५ लाख ४७ हजार ३ सय ६८.४२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
