• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नारायणगढ-बुटवल सडकखण्डको म्याद थप गर्न सरकारसंग निर्माण कम्पनीको माग


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • नवलपुर । नारायणगढ–बुटवल सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो । दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिनुभयो । त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको छ । यद्यपि तोकिएको समयमा पूरा हुने अवस्था नरहेकाले म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने सडकको अवस्थाको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ ।

    Advertisement

    “निर्माण कम्पनीले ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग गरेकाले जायज हो वा होइन भनेर मूल्याङ्कन भइरहेको र कन्सलटेन्टले यसका बारेमा अवस्था बुझ्न विज्ञको टोलीले अध्ययन गरिरहेको छ ।” इन्जिनियर शाक्यले भन्नुभयो । लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ ।

    निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दीष्टीले निर्माण कार्य जारी रहे पनि सन्तोषजनक प्रगति नदेखिएको बताउनुभयो । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । सो खण्डमा पनि रुख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाइ भएका कारणले सडक विस्तारको काम प्रभावित भएको छ ।

    उत्तरतर्फको रुख कटानमा अनुमति पाएर धेरै रुख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रुख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रुख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रुखसमेत काट्ने भएको छ । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्ट ट्रयाक सडकले जोड्ने गरी सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा विसं २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तार कामको शिलान्यास भएको थियो ।

    यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।

    सो सडक चार लेनमा विस्तार हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । रासस

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.